मंगलबार , बैसाख ११, २०८१

काठमाडौं:

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जावलाखेलको चिडियाखानामा हाल्ने चेतावनी दिएका छन् ।

उनले प्रचण्डले ‘माशांहारी आन्दोलन’ गर्ने दुस्साहस गर्न लागेको भन्दै कारबाही गर्ने चेतावनी दिए ।

‘माशांहारी आन्दोलन गर्छु भन्नेहरुलाई जावलाखेलको जु मा लगेर हालिनेछ,’ नेकपाको ओली समूहले नारायणहिटी प्रांगढमा गरेको सभामा बोल्दै बादलले भने,‘ मांशाहारी आन्दोलन गर्ने दुस्साहस र अपराध गर्नेलाई कारबाही गरिनेछ ।’

प्रचण्डले केही हप्ता अघि आन्दोलन अब शाकाहारी नहुने बताएका थिए । उनले समर्थकहरुलाई आक्रामक बन्न भनेका थिए । यसको जवाफमा बादलको पछिल्लो भनाई आएको हो । बादलले नयाँ जनआन्दोलनमा जान लागेको तर्क गरे ।

अहिलेको नेतृत्वले देशलाई प्रतिगमनतर्फ लान लागेको भ्रम छरिरहेको बताउँदै भने,‘गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि जनसभा नारायणहिटीको दरबार अगाडि आमसभा गर्न लागेका हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय