शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली पक्षधर सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल पक्षले निर्वाचन आयोगलाई खबरदार निर्वाचन गराउला भन्दै धम्की दिएको आरोप लगाएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित बृहत्त सभालाई सम्बोधन गर्दै उनले आफूहरु जनताको फैसला स्विकार गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

आफूहरु जस्तोसुकै प्रतिकुलतासँग जुधेर भएपनि मुलुकको स्थायित्वको लागि लागिपर्ने पनि उनले विश्वास दिलाए । नेकपा कुन आधिकारिक हो ?

भनेर प्रश्न उठेको उल्लेख गर्दै उनले ओलीले नेतृत्वको नेकपालाई कसैले पनि तोड्न नसक्ने उद्घोष गरे । सूर्य चिन्ह पनि ओलीले नेतृत्व गरेको नेकपाले प्राप्त गर्ने दाबी गरे ।

उनले भने–‘हामी हाम्रो सूर्य चिन्ह लिएर जनताको ताजा जनादेश लिन जान्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय