शुक्रबार , चैत्र १६, २०८०

जनकपुर:

माधव समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको छ ।

बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट रगत बग्न थालेपछि झालाई कार्यकर्ताहरुले लगेका थिए ।

केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरे पनि संख्या एकीन भएको छैन ।

हुम्ला: अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा घरपालुवा गाईबस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

निकै लामो समयको खडेरीले गर्दा विभिन्न किसिमका अज्ञात रोगको सङ्क्रमण भई गाईबस्तु मर्ने गरेका छन् । मङ्गलबार मात्रै अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँमा पाँच गाईबस्तु अकस्मात मरेको स्थानीयवासी राजबहादुर बुमीले बताए ।

उनले भने, “के कति कारणले, कस्तो रोगले मरेका हुन् त्यसको बारेमा थाहा छैन्, अकस्मात पशु मर्न थालेका छन्” । यस्तै केही दिनअघि पनि धेरै ठाउँमा गाईबस्तु मरेको खबर आएका छन् । उनले अहिलेसम्म रोगको पहिचान हुन नसकेको बताए ।

“रोग पहिचान हुन नसक्दा उपचार नपाएर गाईबस्तु मर्ने क्रम जारी छ”, उनले भने, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय