शनिबार , बैसाख ८, २०८१

काठमाण्डौ:

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढङ्गले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बिहीवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छाडेर जाँदैमा

आत्तिनुनपर्ने भन्दै कार्यकर्तालाई ढाडस दिनुभएको हो । आउँदो चुनावमा बहुमत ल्याउँछौ भन्ने मनोबल साथ अघि बढ्न उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘सानदार बहुमत ल्याउनुपर्छ ।

कसैले ठान्ला पार्टी फुटेको छ, कसरी बहुमत ल्याउँछ ? ३ करोड मान्छेमा दुई/चार जना जाँदैमा पार्टी फुट्यो ? आत्तिनुपर्दैन ।

मनोबल गिराउनुपर्दैन । हामी जित्न सक्छौँ । हामीले जित्नुपर्छ र हामीले जित्छौँ । यो मनोबलका साथ अगाडि जान अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले विवाद गर्ने र झगडा गर्नेहरूले पार्टी छाडेकाले अब आउँदा दिनमा पार्टी आन्तरिक शुद्धीकरणसहित सुदृढ हुँदै अघि बढ्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विवाद गर्नेहरू, झगडा गर्नेहरू, झगडा गर्ने बानी परेकाहरू, मुद्धा लड्ने बानी परेका, सिँगौरी खेल्ने बानी परेका, भुइँ खोस्रिने बानी परेका, गालीगलौज गर्ने बानी परेका, मुख छाड्ने बानी परेका,

जहिले जहाँ पुगे पनि निहुँ खोज्ने बानी परेका हटे । अब आन्दोलनलाई एकजुट बनाएर लाने हो । मै हुँ भन्ने केहीले पार्टी छाड्दैमा यो आन्दोलन समाप्त हुँदैन । अझ बलियो भएर जान्छ । अझै शुद्धीकरण र सुदृढीकरण भएर जान्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय