शुक्रबार , चैत्र १६, २०८०

एमाले अछाममा विद्रोह, ३८ नेताले दिए सामूहिक राजीनामा (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

प्रकाशित मिति । ३१ असोज, २०७९ ।

 

अछाम। भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ। अछाम- १ बाट एकल सिफारिसमा परेका नेता रावललाई टिकट नदिएपछि एमाले अछाम जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका हुन्।

 

राजीनामा दिनेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन्। अछाममा बाँकी एमाले नेताहरुले विद्रोहको तयारीसमेत गरेको एक नेताले बताए। बाँकी ९ जना जिल्ला स्थिति पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेताहरू हुन्। रावलले अछाम १ मा टिकट नपाएपछि त्यसको असर २ मा पनि देखिएको छ।

 

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पुरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरूले पार्टी छाडेको उनीहरूले बताएका छन्।

 

अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन्। ओलीले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएका थिए। बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन्।

 

गौरिकाले झन्डै त्यागेको खेल…

 

पूर्ण रुपमा स्वस्थ नहुँदै प्रतियोगितामा फर्किएकी गौरिका सिंहले दुई स्वर्ण पदक जितेकी छन्

 

पोखरा — गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुदका लागि राम्रै तयारी गरेकी थिइन् । आर्मी टिमबाट ११ स्पर्धामा खेल्ने पक्का गरेकी उनी अमेरिकाबाट लामो यात्रापछि काठमाडौं ओर्लेकी थिइन् अनि शुक्रबार पोखरा आइपुगिन् । प्रतियोगितामा ओर्लनुअघि उनको स्वास्थ्यमा गडबड भयो । पेट दुख्यो, गाह्रै भयो । दुई दिनमा चार स्पर्धा त्याग्नुपर्‍यो ।

 

दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्णसहित १३ पदक तथा आठौं राष्ट्रिय खेलकुद २०७६ मा १२ स्वर्ण जितेकी गौरिकाले पहिलोपल्ट पोखरा आगमनमा आफ्ना समर्थक र टिमप्रतिको लगावलाई रोक्न सकिनन् । दुई स्पर्धामा हिट्समा उत्रिएकी उनी फाइनल्समा छनोट भएकी थिइन् ।

 

अस्वस्थताकै कारण ती दुई फाइनल पनि त्यागेकी उनी आइतबार अपराह्नको प्रतिस्पर्धामा भने पूर्ण रूपमा स्वस्थ नहुँदै फिस्टेल एकेडेमीको स्विमिङ पुल (सर्ट कोर्स) मा फर्किइन् । उनले दुई स्वर्ण जित्दै पुनरागमनलाई सुखद बनाइन् ।

 

आर्मीबाट खेल्दै आएकी गौरिकाले महिला १ सय मिटर ब्याकस्ट्रोक र ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिले (टिम स्पर्धा) मा स्वर्ण जितेपछि भनिन्, ‘हिजो, आज (आइतबार), अस्ति बान्ता लाग्यो । टाउको दुख्यो । रिंगटा पनि लागिरहेको छ । पोखरा आएर सबै जनाले एकदमै स्वागत गरेका छन्, साथ दिएका छन् ।

 

आमाबाले बिमारी छौ, छोड (प्रतिस्पर्धा) भनिरहनुभएको थियो । तर, एदकमै गाह्रो हुन्छ, कहिलेकाहीँ गर्नैपर्छ । हिजो आराम गरें, आज राम्रो भयो । मसँग त्यसो गर्नुको विकल्प पनि थिएन । अझै बान्ता कहिलेकाहीँ आउँछ, जान्छ । अलिअलि वाकवाक लागिरहेकै छ ।’

 

उनी दबाबमा पनि देखिइन्, ‘अभिभावक र टिमबाट धेरै साथ, समर्थन पाइरहेकी छु । यो प्रतियोगिताका लागि धेरै प्रशिक्षण गरेको थिएँ ।

 

आर्मीको प्रतिनिधित्व गरेर खेल्न मलाई सधैं रमाइलो लाग्छ । मलाई हेर्न पोखरामा धेरै मान्छे आएका छन् । पहिलोपल्ट पोखरा आएको मैले उनीहरूलाई खेल देखाउनुपर्ने थियो । त्यसैले दबाब थियो नै ।

 

१ सय मिटर ब्याकस्ट्रोकको तेस्रो लेनमा टर्न गर्ने बेला मैले प्रतिस्पर्धा रोक्न लागिसकेकी थिएँ, बान्ता आइसकेको थियो । गाह्रो भइसकेको थियो । तर, बाँकी एक लेन तागत लगाएर पूरा गरें ।’

 

गौरिकाले चार स्पर्धामा स्वर्ण जितिसकेकी एनआरएनए (गैरआवासीय नेपाली संघ) की एस्ली सापकोटा डंगोलको चुनौती समाप्त पार्दै यसपालि पहिलो पदक १ सय मिटर ब्याकस्ट्रोकमा हात पारेकी हुन् ।

 

उनले १ मिनेट ५.५० सेकेन्डको समय निकालिन् भने एस्लीले १ मिनेट ८.७९ सेकेन्ड लगाएर रजत पदक प्राप्त गरिन् । आर्मीकै अनुसिया तण्डुकारले १ मिनेट १३.८० सेकेन्डसाथ कांस्य प्राप्त गरिन् ।

 

उनले डुआना लामा, अनुसिया र उपास्ती महर्जनसहितको आर्मी टिमबाट रिलेमा पनि स्वर्ण जितेकी हुन् । आर्मीले ४ मिनेट १९.४५ सेकेन्डको समय निकाल्दै सफलता हात पारेको हो ।

 

रोशा न्यौपाने, सारिया महर्जन, श्रेणु महर्जन र तिसा महर्जनको टिम वाग्मतीले ४ मिनेट २६.५९ सेकेन्डसाथ रजत हात पार्‍यो । अदिप्सा वैद्य, समिरा शो थापामगर, आर्या महर्जन र मेगन गुरुङले ४ मिनेट २८.०३ सेकेन्डमा दूरी पार गर्दै एपीएफलाई कांस्य पदक दिलाए ।

 

फ्रिस्टाइलको १ सय र २ सय मिटरको हिट्स खेलेर फाइनलमा छनोट भएपछि गौरिकाले प्रतिस्पर्धाबाट नाम फिर्ता लिएकी थिइन् ।

 

उनले स्विमिङ पुलमै प्रवेश नगर्दै २ सय मिटर ब्याकस्ट्रोक र ८ सय मिटर फ्रिस्टाइल त्यागेकी थिइन् । उनको अब ५ स्पर्धा बाँकी छ । बाँकी दुई दिनको स्पर्धाबारे उनले भनिन्, ‘अब हेर्नुपर्छ । आशा छ, सबै ठीक हुन्छ ।’

 

दुई स्वर्ण जित्दा निकालेको समयबारे उनी बोलिन्, ‘बिरामी थियो । त्यसैले मैले निकालेको समयमा ठीक छु । प्रतिस्पर्धा सकाउनुमै खुसी लागेको थियो । आर्मीलाई स्वर्ण दिलाएँ, त्यसैमा धेरै खुसी छु । यो नै अन्तिम होइन, अझै थप चाहन्छु ।’

 

पौडीको दोस्रो दिन १० स्वर्णको फैसला हुँदा व्यक्तिगत स्पर्धामा आर्मीकी डुआना र नासिर यहया हुसेनले व्यक्तिगत स्पर्धामा दुई–दुई स्वर्ण जिते ।

 

त्यस क्रममा नासिरले दुई र डुआनाले एक राष्ट्रिय कीर्तिमान पनि बनाए । त्यस्तै, एनआरएनएकी एस्ली, प्रदेश १ का विकास कुमाल र एपीएफका तेन्जिन रायन गुरुङले पनि एक–एक स्वर्ण हात पारे ।

 

एस्ली र डुआनाको स्वर्ण संख्या चार–चार पुगेको छ । पुरुष ८ सय मिटर फ्रिस्टाइल रिलेमा पुलिसले स्वर्ण, वाग्मतीले रजत र आर्मीले कांस्य पदक प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय