बिहिबार , बैसाख ६, २०८१

काठमाडौं:

नेकपा पुष्पकमला दाहाल्- माधवकुमार नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालाले हिजो आफ्नो टाउकोको मुल्य तोक्नेलाई टाउको काट्न नपाएर अहिले पष्चताप भएको बताउनु भएको छ ।

बुधवार बर्हिगमित जनमुक्ती सेना नेपाल केन्द्रिय संघर्ष समितिको तेस्रो राष्ट्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालाले टाउको को मूल्य मुल्य तोक्नेहरु टाउको काट्न नपाएर अहिले पष्चताप भएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो,” झोलामा टाउको हालेर ल्याएपछी ५० लाख दिन्छौँ भन्नेहरुले अहिले पनि पैसा दिन्छौँ भन्दै हिँड्या छन ।” उहाँले प्रधानमन्त्री केपी शर्मा ओलिले पूर्व जनमुक्ती सेना खरिद गर्न खोजेको आरोप लगाउनुभएको छ ।

जनक्रान्ती र संघीय लोकतान्त्रीक गणतन्त्र सिध्याउन जनमुक्ती सेनालाई खरिद गर्न खोजेको उहाँको आरोप छ । ‘कुन स्तरको कमाण्डर हो त्यही अनुसारले खरिद गर्ने प्रयास भैरहेको छ,

सय जना लिएर गए २०-३० लाख्, २ सय जना लिएर गए ३०-४० लाख, ४ हजार नै पठाए १-२ करोड दिन खोजिरहेका छन ।

ओलेले जनमुक्ती सेनालाई भेडाबाख्रा जसरि खरिद बिक्री गरेर सिध्याउन लागेको दाहालको आरोप छ ।

उहाँले भन्नुभयो,’खरिद गरेर मोटो बनाउने अनि काटेर मासु खानी गरी लान खोजेका हुन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय