बिहिबार , बैसाख १३, २०८१

भिडियो हेर्नको लागि तल जानु होस।।

काठमाण्डौ ।

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक

रोजगार व्यवसायीको ह’कहि’त संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ । बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो ।

वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार वोर्डको सचिवालय छ । माननीय श्रम तथा रोजगार मन्त्रीको अध्यक्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी,

बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहनु भएको छ ।

वैदेशिक रोजगार ऐन २०६४, बैदेशिक रोजगार नियमावली २०६४ वोर्डका निर्णय र निर्देशन बमोजिमका कार्यहरु वोर्डले सम्पादन गर्दछ ।

वोर्डवाट हालसम्म मूख्यरुपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एंव अं’गभं’ग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह,

आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।

उपरोक्त कार्यहरु संचालन गर्न वोर्डको एक कल्याणकारी कोष रहने व्यवस्था छ । उक्त कोषमा मूख्य रुपमा बैदेशिक रोजगारमा जाने कामदारहरुले प्रचलित कानूनले तोके बमोजिम जम्मा गरेको रकम रहने व्यवस्था छ । भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय