काठमाडौं

नेपाली काँग्रेसका नेता गगन थापामाथि राष्ट्रपतिविरुद्ध अशोभनीय शब्दहरु प्रयोग गरेको आरोप लागेको छ ।

राष्ट्रपति जस्तो गरिमामय संस्था विरुद्ध अन्गर्ल प्रचार गरेको, अशोभनीय शब्दहरु प्रयोग गरेको भन्दै केपी ओली नेतृत्वको सरकारले कारवाही गर्न खोजेको खबर नेपाल दिपले लेखेको छ ।

स्रोतका अनुसार गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले गगनलाई नियन्त्रणमा लिन ‘ग्रिन सिग्नल’ दिइसकेका छन्।

गगन माथिको कारवाहीलाई जायज ठहराउन आइतबार नै नेकपा निकट संस्था अखिल नेपाल महिला संघमार्फत राष्ट्रपति विद्या देवी भण्डारी माथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको स्रोतको दाबी छ।

लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि राष्ट्रपतिविरुद्ध अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए।

उनले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएको पनि बताए। गगन केहि समय देखि राष्ट्रपति विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुदै आएका छन्।

गगनले गर्ने प्रत्यक भाषण देखि अन्तरवार्ताहरुमा राष्ट्रपतिको भूमिका संविधान सम्मत नभएको भन्दै महाअभियोग लगाएर पदच्यूत गर्नुपर्ने बताउदै आएका छन्।

स्रोतका अनुसार त्यति मात्र कारणले उनलाई पक्रिने योजना बुनिएको छैन। ओली नेतृत्वको सरकार विरुद्ध आन्दोलनको आधीभेरी सिर्जना गर्ने भन्दै नेकपा भित्रको असन्तुष्ट पक्ष प्रचण्डसँग गगन लगायतका नेताहरु तारन्तार छलफलमा रहेको थाहा पाएपछि यस्तो षड्यन्त्र बुनिएको हो।

गणतन्त्रको पक्षमा लाग्दै गर्दा २०६३ साल देखि नै प्रचण्डको निकट रहेका गगनले काँग्रेस भित्र आन्दोलनमा जानुपर्छ भन्नेहरुलाई एकजुट बनाएर पार्टीलाई आन्दोलनमा लैजान थालेको सुइँको पाएपछि सरकारले गगनलाई राष्ट्रपति विरुद्ध अन्गर्ल प्रचार गरेको अभियोगमा फसाउने तयारी गरेको हो।

यसैबीच चौतर्फी दबाबपछि प्रमुख प्रतिपक्ष कांग्रेसले पनि संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केही दिन स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो ।

केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ ।

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा अहिले नेताहरुले बोल्ने क्रम जारी छ ।

ऐनको दफा ४४ को उपदफा १ ले ‘‘दफा ४३ बमोजिम दलको नाम, छाप झण्डा वा चिन्हसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी,

केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाणसहित दाबी पेश गर्नु पर्नेछ’’

भन्ने कानूनी व्यवस्था रहेको व्यहोराको जानकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली लाई गराउने निर्णय भएको व्यहोरा अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय