शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुमत पाएको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने बताए ।

संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउँदैन भनेर सबैले भनेको भन्दै उनले भने, ‘संसद पुनर्स्थापना हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ, त्यसबाहेक अर्को विकल्प छैन ।’ अघि भने, ‘केपी ओली अस्ताउँदा सूर्य हुन्, त्यसैले अर्को पार्टी खोले एमाले । त्यो पार्टीको चिन्ह डाँडामा अस्ताउँदो सूर्य छ । त्यही अस्ताउँदै गरेको सूर्य बोकेर ओली विदा हुँदैछन् ।’

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दीरबारे किन बोल्नु हुन्न ?

चितवन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीमा बनाउन लागिएको राम मन्दीरबारे नबोलेको भन्दै पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन् ।

शनिबार भरतपुरमा नेकपा ओली समूहले आयोजना गरेको जनसभामा ओलीले प्रचण्डको नाम नलिई त्यही क्षेत्रबाट चुनाव जितेका सांसदले राम जन्मभूमि अयोध्याबारे नबोलेको बताएका हुन् ।

उनले भने, यहि जिल्लाबाट छानिएका, त्यही क्षेत्रबाट निर्वाचित सांसद राज मन्मभूमि अयोध्यामा राम मन्दीर बनाउने कुरा किन चुइक्क बोल्न सक्नुहुन्न ?’

उनले अघि भने, ‘कसका डरले बोल्न सक्नुहुन्न ? बडा सक्कली राष्ट्रवादी भएर हिँड्नु भा’छ त ?

अयोध्यामा भब्य राममन्दीर बनाउन राम र सीताको मूर्ति बनिसकेको भन्दै उनले आगामी राम नवमीमा प्राणप्रतिष्ठा गर्ने बताए ।

प्रचण्डलाई जिताउन दुईपटक चितवन आएको स्मरण गरेका उनले प्रचण्डको नाम नलिई आलोचना गरे ।

‘मैले माडीलाई मणि बनाउँछु भनेको थिएँ, जसका लागि भोट मागेँ, उही मणि होइन, कुँहिएको आलु जस्तो निस्किएपछि कहाँबाट हुन्छ ?’ ओलीले भने, ‘उहाँले मणि बनाउन अगुवाई गर्नुहोला भनेको विरोध गर्न र खुट्टा तान्दैमा ठिक्क भयो ।’

आगामी बैशाखमा मध्यावधि चुनाव हुँदैन भनेर गरिएको प्रचार सत्य नभएको समेत उनले बताए ।

प्रधानमन्त्री ओलीले भरतपुर गोन्द्राङ नारायणगढ सडक ६ लेन विस्तार र सिटी हल शिलान्यास गरे ।

सिटी हल भरतपुरमा बन्ने भएपनि महानगरपालिकी मेयर रेनु दाहालले कार्यक्रममा सहभागी भएनन् ।

उनले गरेको विरोधतर्फ संकेत गर्दै ओलीले भने ‘एक अर्ब २० करोड रकम हामीले पठाउने, अनि केटाकेटीले शिलान्यास गर्ने ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय