शनिबार , बैसाख ८, २०८१

काठमाडौं:

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध प’क्रा’उ पुर्जी जारी गरेको छ ।

ओली र दाहालका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध जारी गरिएको वारेन्ट पत्र मंगलबारै प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र धुम्बाराहीस्थित पार्टी कार्यालयमा टाँसिएको पार्टीले दाबी गरेको छ।

पार्टीको रोल्पामा रहेको ‘जनअदालत’ का प्रकाशको नामबाट जारी गरि पूर्जीमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी जारी गरिएको छ ।

वारेन्टमा १५ दिनभित्र हाजिर नभएमा जनपरिषद नेपालको नीति नियम अनुसार हुने चेतावनी पनि दिइएको छ।

दुबै नेताका विरुद्धमा फरक फरक मुद्दा परेको जनअदालतले जनाएको छ ।

केही दिन अगाडि सरकारले विप्लवका विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय