शुक्रबार , चैत्र १६, २०८०

दाङ ।

काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन् ।

दाङ पुगेका ओलीले तिल्के गोरुको उदाहरण सुनाउँदै अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको बताए ।

‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने ।

अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले थपे, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ ।

घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन ।’

प्रचण्ड र माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यी तिल्केहरु पनि त्यस्तै हुन् ।

यिनले फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिड्दै गर्छन् ।’ तर, सिंङ फुक्लिसकेकाले अब ढाक नलगाए नलगाउन चेतावनी दिए ।

‘अशान्ति मच्याउने यिनसँग क्षमता पनि छैन । दम पनि छैन । यिनीहरुले केही पनि गर्न सक्दैन’, उनले टिप्पणी गरे ।

जनता सचेत भइसकेकाले धाकधक्कु नलगाउन, तिघ्रा नठटाउन र खुट्टा भ्याटभ्याट नगर्न चेतावनी दिए । त्यस्तो कसैले नटेर्ने समेत ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय