बुधबार , बैसाख १२, २०८१

माघ ।

नेपालमा ‘राजसंस्था अपरिहार्य’ भएको तर्क गर्दै भारतका एकजना पूर्व सचिवले टिप्पणी गरेका छन् । भारतको क्याबिनेटका पूर्व सचिव एस. रमेशले लेखमार्फत् यस्तो तर्क गरेका हुन् ।

रमेशले १३ जनवरीमा टेलिग्राफ इन्डियामा प्रकाशित लेखमार्फत राजसंस्था पुर्नस्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपालको राजनितिमा चीनले अदृश्य भूमिका खेल्दा समेत नेकपालाई फुटबाट जोगाउने नसकेको उनले आफ्नो लेखमा भनेका छन् ।

चीनलाई हेर्नु वा ओलीको विकल्प खोज्नु भन्दा पनि भारतले नयाँ विकल्पको खोजी गर्नुपर्ने उनको धारणा रहेको छ ।

सत्ता र कुर्सीको लोभमा नेकपा अन्ततः फुटेको र ओली समूहलाई निरन्तर प्रचण्ड र नेपालसमूहले दबाब सिर्जना गरिरहेको भनिएको छ ।

नेकपाको पछिल्लो स्थितिपछि चीनले नेपालको घटनाक्रमलाई अध्ययन गरिरहेको हुनसक्ने उनको भनाई छ ।

बि.स २०६३/६३ मा पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता छाड्न लगाउन करण सिंह नेपाल पुगेको समेत स्मरण गर्दै उनले आफ्नो लेखमा राजसंस्था पुर्नस्थापना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने समेत बताएका छन् ।

विगतमा ‘बेबी किङ’का रुपमा अघि सारिका हृदयन्द्र राजा बन्ने उपयुक्त पात्र हुनसक्ने समेत उल्लेख गरेका छन् ।

‘गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्र र पारसलाई हृदयन्द्रका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए,’ एस रमेशले माओवादीले बेबि किङको प्रस्ताव अस्वीकार गरेको विषय उल्लेख गर्दै भनेका छन्,‘के यो विगतमा गरिएको यो आग्रहलाई भेट्रान नेताहरुले पुनःयो विषयलाई मान्यता देलान् ?’ उनले हृदयन्द्र १८ वर्ष पुगेको र उनी भारतको राजखानदानसँग समेत नातासम्बन्ध भएको उल्लेख गरेका छन् ।

नेपालमा पछिल्लो समय राजसंस्थाको पुर्नस्थापनाको माग गर्दै विरोध जुलुसहरु पनि भइरहेको लेखेका छन् ।

रमेशले विगतमा राजालाई सौहाद्रपूर्ण तरिकाले गद्दी छाड्न लगाउन कँग्रेस आईका भेट्रान नेता करण सिंहलाई भारत सरकारले काठमाडौं पठाएको उल्लेख गरेका छन् ।

उनले अब फेरि करण सिंहलाई भारत सरकारले पठाउनसक्ने विषय उल्लेख गरेका छन् । उनको आशय राजसंस्था फर्काउन सिंहलाई भारतले पठाउने विषय रहेको छ ।

नेपालमा पछिल्लो समय राजतन्त्र पुर्नस्थापनाको मागसहित आन्दोलन देखिन थालेको र यो मागलाई भारतले रोक्न नहुने लेखेका छन् ।

‘नेपालका विगतका राजाहरूले भारतविरोधी भावनालाई बढावा दिएको आरोप छ,’ रमेशले लेखमा भनेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र नागरिकका रुपमा आफ्नो जीवन बिताइरहेको र पूर्व युवराज पारसलाई अहिले सम्म तीन पटक सम्म हृदयघात भइसकेको उल्लेख गर्दै हृदयन्द्रलाई भावी राजा बनाउने विषय उल्लेख गरेका छन् ।

पूर्वयुवराज पारसलाई जनताले राजा स्वीकार गर्न नसक्ने उनले आफ्नो लेखमा भनेका छन् ।

नेपालमा सन् १९५० यता कुनै पनि निर्वाचित प्रधामन्त्रीले पाँच वर्ष कार्यकाल सम्हाल्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि त्यस्तै अवस्था आएको रमेशले लेखमा भनेका छन् ।

ओली नतृत्वको नेकपा सरकारले संसद विघटन गरेर संघियतालाई नै धरापमा पारेको लेखमा उल्लेख छ ।

यो विषयले नेपालका दुई छिमेकी भारत र चीनमा तरंग पैदा गराएको उल्लेख गरेका छन् ।

उनले नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुर्नस्थापनामा लाग्नु पर्ने सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय