शनिबार , बैसाख ८, २०८१

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउन नहुने बताएका छन् ।

नेकपा ओली समूहले दाङमा गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ठीक ढंगका प्रतिनिधि छानेनौं भने संसद त झाँकी जस्तो हुन्छ, संसदलाई जनताको साँचो प्रतिनिधिको थलो बनाउनुपर्छ ।’

चुनाव हुन्छ भन्नेमा आशंका नगर्न र प्रचार प्रसारमा लाग्न आग्रह गरे ।

‘कसैले चुनाव हुँदैन, ओलीले चुनाव गर्दैन भनेका छन् भन्न दिनुस्,’ ओलीले भने, ‘भनेकै दिन चुनाव हुन्छ हामीले शानदार सफलता हासिल गर्छौं ।’

प्रहरी प्रशासन र प्रशासनलाई पनि स्वतन्त्र, निष्पक्ष र धांधलीरहित चुनावको तयारी गर्न निर्देशन दिए ।

उनले भने, ‘हामीलाई प्रहरी प्रशासनको वैशाखी टेक्नु परेको छैन, कार्यकर्ताको बलमा चुनाव जित्छौं ।’

प्रधानमन्त्री ओलीले केही मानिसहरु चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेको तर निर्वाचन आयोगले खत्तम पारिदिएको उनले बताए ।

प्रचण्ड माधव समूहले आफूलाई साधारण सदस्यबाट निस्कासन गरेको भन्दै उनले भने, ‘हाँस्न मन लागेन तपाईंहरुलाई । जसले राजनीतिक गर्न सिकायो, उनीहरुले नै केपी ओलीलाई निकाल्ने अरे ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय