मंगलबार , चैत्र १४, २०७९

केही वर्षदेखि रबि लामिछाने प्रस्तोता भएर चलाउँदै आएको कार्यक्रम सिधा कुरा जनतासँग विवादमा पर्ने संकेत देखिएको छ । केही दिनअघिमात्र सो कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टिभि छाडेर केही समय विश्राम लिने उद्घोष गरेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

रबि लामिछाने सहितको टिमले अर्को टेलिभिजन खोलेर सञ्चालन गर्ने तयारीमा लागेका रबि लामिछाने यतिबेला देशका विभिन्न भागमा पुगेका छन् ।

न्युज२४ टिभि छाड्ने बितिक्कै रवि लामिछानेले एउटा पोस्ट लेखेर अब आउने सीधाकुरा जनतासँग कार्यक्रम थप दमदार बनाउने घोषणा गरेका थिए । उनले लेखेका छन् : अब कार्यक्रमको तयारीमा जुट्यौ।।टिम विस्तार गर्न आज प्रदेश १ जाँदैछौ।यस बीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गरि आफ्नो गुनासो टिपाउनु होला।

हाम्रो नयाँ सम्पर्क नम्बरहरु अत्यधिक शेयर गरि अप्ठ्यारोमा पर्नु भएका सर्वसाधारण सम्म पुर्याउन मद्दत गरिदिनु होला।त्यस लगत्तै न्युज २४ नेपालको आधिकारिक फेसबुक पेज बाट पनि सीधाकुरा जनतासँग कार्यक्रम दमदार रुपमा ल्याउने भनेर पोस्ट गरेका थियो । यो सँगै २ पक्ष बीचको पोस्ट बाझिएको छ ।

यो सँगै सीधाकुरा जनता संग कार्यक्रम कस्को भन्ने विवाद चुलिने सम्भावन भएको छ । यो विवाद कानुनी प्रक्रिया सम्म पुग्ने पनि सम्भावना देखिएको छ । यसैबीच न्युज २४ नेपाल टेलिभिजनको सिधा कुरा जनता संग कार्यक्रम न्युज २४ कै अर्की संचारकर्मी सम्झना भुजेलले चलाएकी छिन ।

यसअघि सम्झनाले सोही टेलिभिजन “कल २४” कार्यक्रम चलाउथिन । आइतबार बेलुका सम्झना भुजेलद्वारा प्रस्तुत भएको सिधा कुरा जनता संग कार्यक्रम युटुबमा अप्लोड भएसङै यसले लाइक भन्दा बढी डिसलाइक कमाएको छ ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय