बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

चर्चित पत्रकार तथा न्युज २४ टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछानेले न्युज २४ टेलिभिजन छोडेका छन्।

लामिछानेसहित सम्पूर्ण टिमले बिहिबार राति छाडेका हुन्। लामिछानेले पांचवर्षसम्म उक्त टेलिभिजनमा काम गरेर धेरैकुरा सिकेको बताए। न्युज२४ टेलिभिजनकै कारण पनि आफूले यतिधेरै जनताको माया पाएको लामिछानेले बताए।

लामिछाने न्युज२४ टेलिभिजन छोड्दै गर्दा पत्रकारहरुसँग कुरा गर्दै आफू राजनीतिमा आउन सक्ने बताए । आफूलाई राजनीति गर्न नजाने पनि यदि समयले मागेको खण्डमा राजनीतिमा आउने उनले बताए ।

पत्रकारहरुले अब देशको प्रधानमन्त्री बन्नुपर्छ भन्ने जनताको चाहना छ भन्दै प्रश्न गरेपछि लामिछानेले देशको प्रधानमन्त्री बन्न सक्ने र जनताको सेवा गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय