शुक्रबार , चैत्र १६, २०८०

माघ ।

नेपाल कम्युनिस्ट पार्टी विभाजित भई सचिवालयका सबै नेताहरुले कित्ताकाट गर्दा पनि वामदेव गौतम तटस्थ रहे । उनले एकता अभियानको घोषणा समेत गरे ।

कुनै हालतमा नेकपा विभाजन गर्न कानुनले नदिने र विभाजित नेताहरुलाई पुनः एक ठाउँमा ल्याउने संकल्पका साथ लागेका गौतम यही मौकामा वाजी मार्ने दाउमा छन् ।

गौतमले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि नेकपा विभाजन गर्न नदिनेबारे कुराकानी गरेको खुलिसकेको छ ।

उनले ऐन कानुनले पनि नेकपा विभाजित हुन नमिल्ने तर्क राखेका थिए । आयोगले पनि यस्तै निर्णय गर्ने तयारी गरेको छ ।

अब नेकपा विभाजनलाई मान्यता नदिने गरी आयोग निर्णय दिने तयारीमा पुगेको हो ।

वैधानिकता र सुर्य चिन्ह पुरानै अवस्थाको नेपाल कम्युनिस्ट पार्टीलाई दिने गरी निर्णयको तयारी भएको हो ।

यसो भएमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा नै वैधानिक हुनजान्छ । सुर्य चिन्ह पनि पुरानै अवस्थाको पार्टीले पाउँछ । वामदेवले खोजेको पनि त्यही हो ।

आफू तटस्थमा उभिएर वामदेवले बाजी मार्ने छाँटकाँट देखिएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय पद दिँदा पनि गएका थिएनन् ।

प्रचण्डले पनि महत्वपूर्ण पदको प्रस्ताव गरेका थिए । तर, गौतम तटस्थ बनेर सफलता हासिल गर्ने रणनीतिमा छन् ।

निर्वाचन आयोगले पुरानै अवस्थाको नेकपालाई वैधानिकता दिएमा वामदेवको भुमिका फेरि बढ्न जान्छ ।

ओली, प्रचण्ड र माधवकुमार नेपालबीचको मतभेदमा उनी सबैले मान्ने पात्र हुनसक्छन् । त्यतिबेला तटस्थ भूमिकाले उनलाई फाइदा दिन सक्छ ।

विगतमा पनि नेकपा सचिवालयमा विवाद हुँदा वामदेव नै निर्णायक भएका थिए । उनले दुई पटक ओलीको सत्तासंकट टारेका थिए ।

दुई नै पटक दुर्घटना समेत टारेका थिए । यसको भेऊ पाएका उनले एकताको सूत्रहरु तयार गरिरहे । तर, तेस्रो पटक उनको केही लागेन । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै विघटन गरे । यसको गौतमले आलोचना गरे ।

विश्वस्त स्रोतका अनुसार गौतमले प्रचण्ड र माधव नेपाललाई पनि ओलीले कठोर कदम चाल्नुमा दोषी मानेका छन् । उनले बारम्बार ओलीलाई तत्काल नचलाउन सुझाव दिएका थिए । तर, प्रचण्ड र नेपालले मानेका थिएनन् ।

अब यस्तै गतिमा नेकपाको दुई समूह बढ्न खोजेमा उनीहरु कमजोर हुने सम्भावना छँदैछ । त्यतिबेला पनि वामदेवको भूमिकाको खोजी हुन सक्छ ।

उनी त्यही पर्खाइमा छन् । यसरी वामदेव दुवै हातमा लड्ड् हुने अवस्था निर्माण हुने पर्खाइमा देखिन्छन् । उनको प्रधानमन्त्री बन्ने सपना पनि यही विवाद मिलाउने भूमिकाले पूरा गर्ने अवस्था नआउला भन्न सकिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय