शुक्रबार , चैत्र १६, २०८०

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्। राष्ट्रपति जस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उनको भनाइ थियो।

 

बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुब्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाए।

 

उनले मुलुकले संघीयता धान्नै नसक्ने जिकिर गरे। राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क थियो। वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको दावी गरे।

 

उनले भने, ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ सबै स्वार्थ केन्द्रित छन्। जुन देश भूराजनीतिक रुपले संवेदनशील छ।’

 

उनले फेरि भने, ‘कुनैपनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने? यदि राजनीति गर्ने हो भने एउटा स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो।

 

देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो। समाज विकृत भयो। देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो। संघीयता आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि धान्न सकिदैन। भौगोलिक रुपमा त झन संघीयता धान्ने नसकिने गम्भिर विषय हो।’ वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली काँग्रेसमा विचलन आएको आरोप समेत लगाए।

 

रवी लामिछानेको चम्कियो भाग्य, तोकिएको निर्वाचन क्षेत्रबाट चुनाव जित्ने कन्फर्म !

कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले चुनाव लड्ने निर्वाचन क्षेत्र तोकेका छन् । उनले रवि लामिछानेलाई कञ्चनपुर ३ बाट संसदीय निर्वाचनको उम्मेदवार हुन सुझाव दिएका छन् ।

 

भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेलाई कञ्चनपुर ३ बाट उम्मेदवारी दिन सुझाएका हुन् । निर्मला बलात्कार र ह’त्या प्रकरण पछि लामिछानेले भूमिका गलत रहेको ठहर गर्दै उनले आ’त्मरक्षा गर्नु पर्ने बताएका थिए ।

 

केही दिन अघि भण्डारीले लामिछानेसँग निर्वाचनमा होमिने उद्घोष गरेका थिए । कञ्चनपुर ३ भण्डारीको निर्वाचन क्षेत्र पनि हो । लामिछानेलाई आफ्नै क्षेत्रबाट निर्वाचनमा होमिन सुझाव दिएर उनी वि’रु’द्ध आफू उत्रिने योजना भण्डारीको रहेको बताइएको छ ।

 

तर, लामिछानेले अहिले सम्म आफू कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने बारे प्रस्ट पारेका छैनन् । हिजो धनगढीको कार्यक्रममा पुगेका लामिछाने आज महेन्द्रनगरको कार्यक्रममा सहभागी हुन,कञ्चनपुर जान लागेका हुन्।भण्डारीले लामिछानेलाई अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न गर्न पनि आग्रह गरेका छन् ।

 

यस्तो छ उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस

रवि लामिछानेजी निर्मलाको निर्मम ब’ला’त्कार–ह’त्या भएको भूमिमा हार्दिक स्वागत छ । आज तपाइँ निर्मला जन्मेको यो पवित्र भूमि महेन्द्रनगरमा आउन लागेको थाह पाउँदा खुसी लागेको छ ।

 

निर्मलाको न्याय–हरणको राज्य ष’डय’न्त्रमा तपाइँको भूमिकाबारे छातिमा हात राखेर आत्मसमिक्षा गर्नु होला । अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न सक्नुभयो तपाइको राजनीतिक यात्रा उज्यालो हुनेछ ।त्यस्तो अनुभूति भयो भने तत्कालिन उखुबारीमा गएर क्षमा याचना गर्नुहोला । आफूअझै पनि सही र सत्य छु भन्ने लाग्छ भने कृपया कन्चनपुर–३ बाटै आफ्नो संसदीय यात्रा सुरु गर्ने साहस गर्नु होला ।

 

तपार्इमाथि निर्मलाको न्याय–हरणको सर्वदलीय–सर्वपक्षीय ष’ड’यन्त्रमा ‘दलालको आ’रो’प लागेको छ । यो आरोप गलत हो भन्ने प्रमाणित नगरेसम्म तपाइँको राजनीतिक यात्रा ठ’गीको अर्को संस्करण मात्रै ठहरिने छ ।र, सबैभन्दा जरुरी कुरा तपाइँले अपराधी सावित गर्न खोजेको दिलिपसिङ बिस्टलाई भेटेर संसारलाई फेरि एक पटक भन्नू होला, निर्मलाको बलात्कारी हत्यारादिलिप नै हो ।

 

यो पनि : जनार्दन शर्मा दोषी ठहर, संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् ।

 

आज (शनिवार) भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्, तर संसदीय गणितमा उहाँ निर्दोष देखिनुभयो ।’

 

भट्टराईले छानबिन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको बताए । नेता भट्टराईले भने, ‘११ जनाको छानबिन समितिमा बहुमत सत्ताधारीकै थियो, ४ जनामात्र एमालेका सांसद हुनुहुन्थ्यो । चार जनाले छानबिन प्रक्रिया मिल्ने भनेर असहमति जनाउँदा जनाउँदै संसदको टाउको गनेर जबरजस्ती प्रतिवेदन बनाइएको छ ।’

 

छानबिन समितिलाई उनले ‘दूधको साक्षी बिरालो’ को संज्ञा दिएका छन् । नेता भट्टराईले भने, ‘छानबिनको क्रममा कल डिटेल माग्यौँ, समितिमा बसेका सत्ताधारीका मानिसले मानेनन्, अर्थमन्त्रालयको गेटमा बस्नेदेखि सबैसँग बयान लिन भन्यौँ, त्यो पनि मानेनन्,

 

अनि सिसिटिभीलाई रिकभर कति गर्न सकिन्छ गरौँ भन्यौँ त्यो पनि भएन ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको उनले बताए ।

 

उनले समितिमा रहेका नेकपा एमालेका चार सदस्य मात्रै छानबिन समिति भन्न मिल्ने बताए । अन्य सदस्यहरू साक्षी समितिको रूपमा रहेको उनको भनाइ थियो ।‘नेकपा एमालेका चार जना सदस्यहरू जो छानबिन समितिमा हुनुहुन्थ्यो उहाँहरू छानबिन समिति हो ।

 

त्यो बाहेकका सदस्यहरू साक्षी समिति हो’, उनले भने, ‘नेपालीमा एउटा उखान छ नि दूधको साक्षी बिरालो भने जस्तै ती चाहिँ साक्षी समिति हो । खास छानबिन समिति एमाले हो ।’\छानबिन समितिको प्रतिवेदनले झन् यस प्रकरणमाथिको आशंकालाई थप बल पुर्‍योउने उनको भनाई थियो । छानबिन समितिको प्रतिवेदनले थप जनआ’क्रोश पैदा गरेको उनको भनाइ थियो ।

 

शर्मालाई बचाउने गरी समितिले प्रतिवेदन तयार पार्नेमा सुरुदेखि नै शंका रहेको समेत उनले बताए । यस्तै, उनले जनार्दन शर्मालाई फेरि अर्थ मन्त्री बनाए त्यो गठबन्धनको नाङ्गो बेईजती हुने टिप्पणी गरे ।

 

फरक प्रसंगमा उनले नागरिकता विधेयकले नेपाललाई शरणार्थीहरूको शिविर बनाउने खतरा बढेको बताए । उनले नागरिकता विधेयकमा एमालेका ३१ सदस्यले ४५ बुँदामा संशोधन प्रस्ताव राखेको बताए ।

 

एमालेले वैवाहिक अंगीकृतको विपक्षमा रहेर संशोधन प्रस्ताव राखेको उनको भनाई थियो ।त्यस्तै, उनले बढ्दो महँगी र भ्रष्टाचारवि’रुद्ध एमाले अब संसद् छोडेर सडकमा उत्रिने बताए । साउन १६ गते काठमाडौंले एमालेले प्रदर्शन गर्ने र यसलाई देशव्यापी बनाउने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय