शुक्रबार , चैत्र १६, २०८०

व्यत्तिपिच्छे हरेक मानिस एकअर्का भन्दा फरक हुने गर्दछन्। कोही बढी प्रतिभाशाली हुन्छन् भने कोही न्युन बुद्धिका, कोही धनी त कोही गरिब, कसैलाई छिटो रिष उठ्छ भने कोही कम रिसाउने गर्छन् । कुनै पनि मानिसको स्वाभाव कस्तो हुने भन्ने कुरा उसको जन्मेको बारले पनि निर्धारण गर्ने गर्दछ ।आउनुहोस् जानौँ कुन बार जन्मेका कस्ता हुन्छन् त ?

 

आइतबार:जन्मअनुसार आइतबार जन्मने व्यत्ति सकरात्मक विचार भएका र निकै विश्वसनिय पनि हुने गर्दछन् । यिनीहरु अन्तरमुखी स्वाभावका हुने भएकाले थोरै साथी हुने गर्दछन् । आइतबार जन्मेका बढी संवेदनशिल हुने भएकाले कसैले केही नराम्रो कुरा भन्यो भने मनमा राखेर बस्छन् । चिन्तन शत्ती धेरै हुने भएकाले लेखन र वकालतीमा राम्रो हुन्छन् । तर चाडै नर्भस हुने बानी हुन्छ । तपाईंहरुमा अरुलाई सहयोग गर्न सधै तत्पर हुनुहुन्छ तर चाँडै रिसाउने बानीले तपाईले सहयोग गर्ने व्यत्ति रिसाउने गर्दछन् ।

 

यस बार जन्मेका पुरुषहरु भाग्यशाली हुन्छन् र आयु पनि लामो हुन्छ । निकै कम बोल्ने र कला क्षेत्रमा पनि अगाडी हुन्छन् । आइतबार जन्मेका स्त्रीहरु दानपुण्य र चतुर हुने गर्दछन् ।सोमबार :सोमबार जन्मने व्यक्तिहरुको स्मरण शत्ति निकै तेज हुने गर्दछ । यिनिहरु निकै मुडी हुने गर्दछन् । निकै संवेदनशिल हुने भएकाले चाडै नर्भस हुने गर्दछन् । सोमबार जन्मेकाहरु घरपरिवारसँग समय बिताउन असाध्यै राम्रो मान्छन् । यिनीहरुको जिवनमा नातासम्बन्धको विशेष महत्व हुन्छ । यिनीहरुको जिवनमा दुख सुख बराबर हुने गर्दछ । किनकी यिनीहरुलाई दुःख र सुख उस्तै हुन्छ । यिनीहरु विद्वान, कलात्मक र बहादुर पनि हुन्छन् । यिनीहरुलाई स्वासपश्वासको रोग लाग्ने गर्छ । सोमबार जन्मेका पुरुषहरुको बोली मिठो हुन्छ भने स्त्रीहरुको निकै सुन्दर मिठो बोलीका, शान्तिप्रिय र पुत्रवती हुन्छन् ।

 

मङगलबार :यिनीहरु स्मार्ट, बहादुर, एक्टिभ हुन्छन् । अरुलाई सहयोग गर्न सँधै तत्पर रहन्छन् । काम निकै गम्भिरता साथ गर्दछन् । मंगलबार जन्मने मान्छेहरु गलत कुरालाई सहनै सक्दैन । जसले रिस पनि धेरै उठ्छ । विलासिताको जिवन बाच्न रुचाउँछन् । मङगलबार जन्मने व्यक्तिहरु धनी हुने गर्दछन् । यस्ता व्यक्ति उग्र हुन्छन् त्यसैले यिनीहरु धेरै मानिससँग बेखुसी हुने गर्दछन् । यिनीहरुलाई छालासम्बन्धी रोग लाग्ने गर्दछ । यो बार जन्मेका स्त्रीहरु कठोर हृदयका हुन्छन् । यिनीहरु दुब्ला पातला र झगडालु हुन्छन् । माथि भनेका कुराहरु दुबैमा लागु हुन्छ ।बुधबार :यस बार जन्मेका शान्त, विदुषी र विजनेस माइन्डका हुन्छन् । सफा र स्वच्छ विचार धाराका हुन्छन् । नयाँ नयाँ कुराहरु जान्न मन पराउँछन् ।

 

 

यिनीहरुमा कुरा गर्ने तरिका निकै प्रतिभाशाली किसीमको हुन्छ । बुधबार जन्मने पुरुष धर्मकर्ममा रुचि राख्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छ । बुधबार जन्मने स्त्रीहरु विशेष क्षेत्रमा रुचि राख्ने राख्ने हुन्छन् । यि बार जन्मनेहरुमा सरस्वतीको विशेष कृपा हुने हुँदा निकै सुन्दर र शुसिल पनि हुने गर्छन ।बिहीबार:यो बार जन्मेकाहरु मेधावी, शान्त ,समझदार र अरुलाई इज्जत दिने खालका हुन्छन् । त्यसैले यिनीहरु अरु मानिसका लागि आर्दशवान हुन्छन् । स्वच्छ र सफा विचारधारका हुन्छन् ।

 

भित्रबाट नै नेतृत्व गर्न सक्ने गुण हुन्छ । जुन क्षेत्रमा काम गर्छन त्यो क्षेत्रमा उच्च पद हासिल गरेरै छाड्छन् । यो बार जन्मेका निकै मेहेनती हुन्छन् । बिहीबार जन्मने पुरुषहरु विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले निकै उताडचडाप झेल्नुपर्छ तर पनि यिनीहरु शाहषी हुन्छन् । यिनीहरुसँग हुने हरु धेरै खुसी हुन्छन् । स्त्री उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।शुक्रबार:यो बार जन्मनेको मन, दिमाग र शरीर निकै राम्रो हुन्छ । रचनात्मक क्षेत्र, संगीत, फिल्म, मिडिया जस्ता क्षेत्रले यिनीहरुलाई आर्कषित बनाउँछ । मधुर स्वरले बोल्छन् ।

 

यिनीहरु मनमोहक मुस्कानका मालिक हुन्छन् । भावुक स्वभावका हुने भएकाले दुखी पनि हुन्छन् । शुक्रबार जन्मेका पुरुषहरु महिलामा र महिलाहरु पुरुषमा बढि लोकप्रिय हुन्छन् । शुक्रबार जन्मने पुरुषहरु हँसिलो र बुद्धिमान हुन्छन् । सोखिन र सहनशिल हुन्छन् । स्त्रीहरु चन्चल स्वभावका र मस्तीमजाक गर्ने खालका हुन्छन् ।

 

यस बार जन्मनेहरुको घरपरिवारमा विशेष इज्जत हुन्छ । स्त्रीहरु केही काला रङगका भए पनि सुन्दर हुन्छन् ।शनिबार :यस बार जन्मनेहरु गम्भिर, जिम्मेवार, मेधापी, बिजनेस माइन्डका हुन्छन् र हरेक कुरामा परफेक्ट हुन्छन् । उच्च स्तरको वस्तुहरु मन पराउँछन् यिनीहरुले लगाउने जुत्तादेखी लुगासम्म उच्च स्तरको हुन्छ । स्पष्ट वत्ता भएकाले बेलाबखत तपाईहरुको आलोचना पनि हुने गर्दछ । यस बार जन्मनेको लागि हरेक सम्बन्ध महत्वपुर्ण हुने गर्दछ । पैसावाला हुन्छन् तर पैसा छिटै खर्च गर्ने हुन्छन् ।

 

पुरुषहरु कृषि व्यापार, प्रविधीको क्षेत्रमा रुचि राख्दछन् , बाल्यकाल कष्ट हुन्छ । भाईबहिनी, दाईभाई सँग सन्तृष्ट हुदैनन् । स्त्री दुब्ली, पातली, अग्ला कालो वर्णका हुन्छन् । अरुका कुरा काट्ने स्वाभावका हुन्छन् तर माथि भनेका कुरा दुबैको लागि लागु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय