बिहिबार , बैसाख १३, २०८१

सत्ता गठबन्धनको प्रमुुख दल नेपाली कांग्रेसमा पनि पाँच दल मिल्दाको प्रभाव देखिएको छ । गठबन्धन भएपछि नेपाली कांग्रेसले पनि केही गुु’माउनुु परेको छ ।

 

यसै सन्दर्भमा शनिबार डडेलधुराका दुई दर्जन नेता कार्यकर्ता पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

 

निर्धारित समयभन्दा तीन घण्टा ढिला गरी उनीहरुले देउवालाई भेट्ने समय पाए । निकै त’नावमा देखिएका देउवाले उनीहरुलाई छिटो आफ्नो कुरा राख्न भने ।

 

प्रतिनिधिसभा १ र प्रदेशसभाका २ सिट रहेको डडेल्धुरामा संघमा देउवा उमेदवार बन्ने निश्चित छ । सत्ता गठबन्धनको भागवण्डामा प्रदेशसभा ‘क’ माओवादीको भागमा परेको छ भने ‘ख’ कांग्रेसको भागमा परेको छ ।

 

माओवादीले तीनपटक देउवासँगै हारेका खगराज भट्टलाई प्रदेशसभा ‘क’ को उमेदवार बनाउने टुङ्गो लगाइसकेको छ । त्यही प्रसंग को’ट्याउँदै कार्यकर्ताले माओवादीलाई प्रदेशसभा ‘क’ दिन नहुने माग गरे । कार्यकर्ताहरुले कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदको व्यवस्थापन गर्न माग गरे ।

 

उनी परशुराम नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । कार्यकर्ताले त्यो माग सुनेपछि देउवा झोँ’क्किए । भेटमा सहभागी एक नेताले भने,“गठबन्धनमा दाँयाबाँया हुँदैन ।

 

तपाईहरुले के भन्न खोजेको ? तपाईहरु प्रचारमा गाउँ नगए पनि हुन्छ । बस्नुस् यतै ! काठमाडौंमा । म चुनाव हार्दा के हुन्छ । हारौंला खगराज पनि हार्लान् ।”

 

भेटमा सहभागीहरुले माओवादीलाई भोट दिन नसक्ने बताएका थिए । देउवाका तीन पटकका प्रतिष्पर्धी खगराज भट्ट प्रदेशमा उम्मेदवार बन्ने भएका छन् ।

 

कांग्रेस पूर्वजिल्ला सभापति कर्ण मल्ल नेपाली कांग्रेस बीपीको तर्फबाट देउवाविरु’द्ध उमेदवारी दिने तयारीमा छन् । उनलाई एमालेले समर्थन गर्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय