बिहिबार , चैत्र १५, २०८०

भगवान,

 

इश्वर, अल्लाह जे जे ले पुकारेपनि देवत्वमा विश्वास नगर्ने मानिस विश्वमा नै कम छन् । हुनपनि हो आखिर सृष्टिमा केही न केही तेस्रो शक्तिको देन छ ।यही मन्दिरहरुमा अति विश्वास भएको ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो । यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ ।

 

ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् । यो मन्दिर डोटी बोगटानमान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, ।धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी ।

 

पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ ।

 

 

डोटी जिल्लामा केदारका मन्दिर माडौं पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ ।

 

डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ ।

 

यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ ।ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् ।

 

 

यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय मोहन्याल मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय