बिहिबार , चैत्र १५, २०८०

 

काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन्, नारावाजीको क्रममा मेयर शाहको पुत्ला पनि जलाएका छन।

 

‘डोजर आतंक बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नारावाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय वासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् । महानगरपालिकाले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

 

स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए । सार्वजनिक मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।

 

काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । नारावाजीको क्रममा मेयर साहको पुत्ला पनि जलाएका छन् ।

 

‘डोजर आतंक बन्द गर’, ‘नेवा विरोधी होसियार’ जस्ता नारावाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । त्यसक्रममा आक्रोशित स्थानीय वासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।महानगरपालिकाले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

 

स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए । सार्वजनिक मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।

 

बाङ्गेमूढा (थायमरु) मा रहेको सामुदायिक भवन (त्वा: छेँ) महानगरले भत्काएपछि स्थानीय आन्दोलित भएका छन्। शुक्रबार महानगरले जबर्जस्ती वडा २५ मा रहेको सो भवन डोजर लगाएर भत्काएपछि शनिबार स्थानीयले बाङ्गेमूढा चोकमा भेला भएर प्रदर्शन गरेका हुन।

 

भवन ४४ वर्षअघि स्थानीयले चन्दा उठाएर निर्माण गरेका थिए। सोही भवनबाट नेपाल भाषा मंका खलको सुरुवात भएको थियो जसले भाषा आन्दोलन सुरु गरेको थियो। पञ्चायत कालमा सोही भवनमा आन्दोलनको लागि बैठक बस्ने गर्थ्यो। पछि भवनमा वडा २८ को कार्यालय स्थापना गरियो।केशव स्थापित महानगर प्रमुख हुँदा सो भवनमा महानगरले दाबी गरेको थियो। त्यसपछि भवनको स्वामित्वलाई लिएर अदालतमा मुद्दा परेको थियो।

 

अदालतमा मुद्दा विचाराधीन रहेको बेला अहिले महानगपालिकले भवन भत्काएको भन्दै स्थानीय आन्दोलनमा उत्रेका हुन। बाङ्गेमूढामा भेला भएर उनीहरूले महानगरविरुद्ध नारा लगाएका थिए। शुक्रबार भवनको मुद्दा विचाराधीन रहेको कागज देखाउन खोज्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेले ‘माथिको आदेश’ भन्दै कागजपत्र हेर्न नमानेको स्थानीयको आरोप छ। स्थानीयले महानगर प्रमुख बलेन्द्र शाहको आदेशमा भवनमाथि डोजर चलेको भन्दै पुतला जलाएका थिए। संघर्ष समिति बनाएर महानगरको प्रतिरोध गर्ने उनीहरुको मत छ।

 

नेवाः सभ्यता र संस्कृतिमाथि डोजर चलाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध प्रदर्शन भएको छ। शनिबार काठमाडौंको ‘कोर सिटी’मा आयोजित एक प्रदर्शनमा डोजर चलाएर आतंकित बनाइएको भन्दै नेवार समुदायले आपत्ति जनाएका छन्।

 

‘कोर सिटी’ स्थानीयले शनिवार साँझ बाङ्गेमुढा चोकमा एक खबरदारी सभा आयोजना गर्दै महानगरपालिका विरुद्ध प्रदर्शन गरेको हो। साथै, महानगरपालिकालाई गुण्डागर्दी समेत नगर्न आग्रह गरिएको छ। ‘मेयर बालेन मुर्दावाद, वडाध्यक्ष मुर्दावाद, मेयर बालेन होसियार, डोजर आतंक बन्द गर’ लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए। साथै, मेयर शाहको पुत्ला समेत जलाइएको छ।

 

वडा नं २८ का वडाध्यक्षविरुद्ध पनि स्थानीयले नारा लगाएका थिए। बाङ्गेमुढाको त्वाःछेँ भवन (सामुदायिक भवन)मा महानगरपालिकाले शुक्रबार डोजर चलाएको थियो। त्यसपछि यहाँका स्थानीयहरु विरोधमा उत्रिएका छन्। नेवार समुदायको आन्दोलनमा सुमन सायमी लगायतले साथ दिएका छन्।

र यो पनि

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लैको बहुमत ल्याउने बताएका छन ।शनिबार सप्तरी जानेक्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा एमाले एक्लैको बहुमत आउने बताए ।

 

उनले भने, ‘एमाले ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउँछ ।’ उनले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमालेमात्र भएको बताए

 

अध्यक्ष ओलीले एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनेसक्ने बताए ।

 

रवी लामिछानेको चम्कियो भाग्य, तोकिएको निर्वाचन क्षेत्रबाट चुनाव जित्ने कन्फर्म !

कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले चुनाव लड्ने निर्वाचन क्षेत्र तोकेका छन् । उनले रवि लामिछानेलाई कञ्चनपुर ३ बाट संसदीय निर्वाचनको उम्मेदवार हुन सुझाव दिएका छन् ।

 

भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेलाई कञ्चनपुर ३ बाट उम्मेदवारी दिन सुझाएका हुन् । निर्मला बलात्कार र ह’त्या प्रकरण पछि लामिछानेले भूमिका गलत रहेको ठहर गर्दै उनले आ’त्मरक्षा गर्नु पर्ने बताएका थिए ।

 

केही दिन अघि भण्डारीले लामिछानेसँग निर्वाचनमा होमिने उद्घोष गरेका थिए । कञ्चनपुर ३ भण्डारीको निर्वाचन क्षेत्र पनि हो । लामिछानेलाई आफ्नै क्षेत्रबाट निर्वाचनमा होमिन सुझाव दिएर उनी वि’रु’द्ध आफू उत्रिने योजना भण्डारीको रहेको बताइएको छ ।

 

तर, लामिछानेले अहिले सम्म आफू कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने बारे प्रस्ट पारेका छैनन् । हिजो धनगढीको कार्यक्रममा पुगेका लामिछाने आज महेन्द्रनगरको कार्यक्रममा सहभागी हुन,कञ्चनपुर जान लागेका हुन्।भण्डारीले लामिछानेलाई अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न गर्न पनि आग्रह गरेका छन् ।

 

यस्तो छ उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस

रवि लामिछानेजी निर्मलाको निर्मम ब’ला’त्कार–ह’त्या भएको भूमिमा हार्दिक स्वागत छ । आज तपाइँ निर्मला जन्मेको यो पवित्र भूमि महेन्द्रनगरमा आउन लागेको थाह पाउँदा खुसी लागेको छ ।

 

निर्मलाको न्याय–हरणको राज्य ष’डय’न्त्रमा तपाइँको भूमिकाबारे छातिमा हात राखेर आत्मसमिक्षा गर्नु होला । अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न सक्नुभयो तपाइको राजनीतिक यात्रा उज्यालो हुनेछ ।त्यस्तो अनुभूति भयो भने तत्कालिन उखुबारीमा गएर क्षमा याचना गर्नुहोला । आफूअझै पनि सही र सत्य छु भन्ने लाग्छ भने कृपया कन्चनपुर–३ बाटै आफ्नो संसदीय यात्रा सुरु गर्ने साहस गर्नु होला ।

 

तपार्इमाथि निर्मलाको न्याय–हरणको सर्वदलीय–सर्वपक्षीय ष’ड’यन्त्रमा ‘दलालको आ’रो’प लागेको छ । यो आरोप गलत हो भन्ने प्रमाणित नगरेसम्म तपाइँको राजनीतिक यात्रा ठ’गीको अर्को संस्करण मात्रै ठहरिने छ ।र, सबैभन्दा जरुरी कुरा तपाइँले अपराधी सावित गर्न खोजेको दिलिपसिङ बिस्टलाई भेटेर संसारलाई फेरि एक पटक भन्नू होला, निर्मलाको बलात्कारी हत्यारा दिलिप नै हो ।

 

यो पनि : जनार्दन शर्मा दोषी ठहर, संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् ।

 

आज (शनिवार) भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्, तर संसदीय गणितमा उहाँ निर्दोष देखिनुभयो ।’

 

भट्टराईले छानबिन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको बताए । नेता भट्टराईले भने, ‘११ जनाको छानबिन समितिमा बहुमत सत्ताधारीकै थियो, ४ जनामात्र एमालेका सांसद हुनुहुन्थ्यो । चार जनाले छानबिन प्रक्रिया मिल्ने भनेर असहमति जनाउँदा जनाउँदै संसदको टाउको गनेर जबरजस्ती प्रतिवेदन बनाइएको छ ।’

 

छानबिन समितिलाई उनले ‘दूधको साक्षी बिरालो’ को संज्ञा दिएका छन् । नेता नेता भट्टराईले भने, ‘छानबिनको क्रममा कल डिटेल माग्यौँ, समितिमा बसेका सत्ताधारीका मानिसले मानेनन्, अर्थमन्त्रालयको गेटमा बस्नेदेखि सबैसँग बयान लिन भन्यौँ, त्यो पनि मानेनन्,

 

अनि सिसिटिभीलाई रिकभर कति गर्न सकिन्छ गरौँ भन्यौँ त्यो पनि भएन ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको उनले बताए ।

 

उनले समितिमा रहेका नेकपा एमालेका चार सदस्य मात्रै छानबिन समिति भन्न मिल्ने बताए । अन्य सदस्यहरू साक्षी समितिको रूपमा रहेको उनको भनाइ थियो ।‘नेकपा एमालेका चार जना सदस्यहरू जो छानबिन समितिमा हुनुहुन्थ्यो उहाँहरू छानबिन समिति हो ।

 

त्यो बाहेकका सदस्यहरू साक्षी समिति हो’, उनले भने, ‘नेपालीमा एउटा उखान छ नि दूधको साक्षी बिरालो भने जस्तै ती चाहिँ साक्षी समिति हो । खास छानबिन समिति एमाले हो ।’\छानबिन समितिको प्रतिवेदनले झन् यस प्रकरणमाथिको आशंकालाई थप बल पुर्‍योउने उनको भनाई थियो । छानबिन समितिको प्रतिवेदनले थप जनआ’क्रोश पैदा गरेको उनको भनाइ थियो ।

 

शर्मालाई बचाउने गरी समितिले प्रतिवेदन तयार पार्नेमा सुरुदेखि नै शंका रहेको समेत उनले बताए । यस्तै, उनले जनार्दन शर्मालाई फेरि अर्थ मन्त्री बनाए त्यो गठबन्धनको नाङ्गो बेईजती हुने टिप्पणी गरे ।

 

फरक प्रसंगमा उनले नागरिकता विधेयकले नेपाललाई शरणार्थीहरूको शिविर बनाउने खतरा बढेको बताए । उनले नागरिकता विधेयकमा एमालेका ३१ सदस्यले ४५ बुँदामा संशोधन प्रस्ताव राखेको बताए ।

 

एमालेले वैवाहिक अंगीकृतको विपक्षमा रहेर संशोधन प्रस्ताव राखेको उनको भनाई थियो ।त्यस्तै, उनले बढ्दो महँगी र भ्रष्टाचारवि’रुद्ध एमाले अब संसद् छोडेर सडकमा उत्रिने बताए । साउन १६ गते काठमाडौंले एमालेले प्रदर्शन गर्ने र यसलाई देशव्यापी बनाउने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय