बिहिबार , चैत्र १५, २०८०

नेकप एमालेका केन्द्रय सदस्य एवं प्रचार विभागका उपपम्रखु विष्णु रिजालले भएको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको अपरिहार्यता झन्झन् बढिरहेको बताएका छन ।

 

सामाजिक सञ्जालमा देखिएका गलत सूचनाहरूको स्क्रिनसर्ट सेयर गर्दै उनले यस्तो बताएका हुन ।

 

रिजालले भनेका छन, ‘समाजलाई भ्रमित पार्नका लागि जतिसुकै कोसिस गरे पनि नेकपा (एमाले) को लोकप्रियता र कमरेड केपी ओलीको अपरिहार्यता झन्झन् बढिरहेको छ ।’

 

यस्तो छ रिजालको टिप्पणी

 

पार्टीमाथिको प्रहारको प्रतिवाद गरौँ !

मुखुण्डोधारीहरुको सशक्त मुकाविला गरौँ !!

 

नेकपा (एमाले) का विरुद्धमा नक्कली समाचार (फेक न्युज) उत्पादनका कारखानाहरुलाई भ्याईनभ्याई छ । विवाद अरु पार्टीमा छ, समाचार एमालेको आउँछ । मानिसले अरु पार्टी छाडिरहेका छन्, प्रहार एमालेका नेताहरुमाथि गरिन्छ ।

 

कहिले इतिहासको विषय भइसकेको १० बुँदेको आत्मा मन्साइ्रन्छ, कहिले पार्टीभित्र कृत्रिम विवाद सिर्जना गरेर त्यसैलाई ‘ग्लोरिफाइ’ गरिन्छ । समाजलाई भ्रमित पार्नका लागि जतिसुकै कोसिस गरे पनि नेकपा (एमाले) को लोकप्रियता र कमरेड केपी ओलीको अपरिहार्यता झन्झन् बढिरहेको छ ।

 

हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म नेकपा (एमाले) मा प्रवेश गर्नेहरुको लहर छ । थाहा छैन, यस्ता नक्कली समाचारहरुले कतिलाई कति दिन आत्मरति दिन्छ ! किनकि, मंसिर ४ अब टाढा छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय