बिहिबार , बैसाख ६, २०८१

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ध्येय जनताको अवस्था बदल्ने रहेको बताएका छन्। चितवनको भरतपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने बताएका हुन्।

 

प्रचण्डले भने, ‘निकै ठुलो त्याग तपस्यापछि व्यवस्था बदलियो। अब जनताको मन छुने गरी अवस्था बदल्न लाग्नेछु। व्यवस्था बदलियो जनताको अवस्था बदल्ने हाम्रो प्रतिवद्धता छ। ’

 

विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने बताए। प्रचण्डले भने, ‘चितवन र चितवनमार्फत् सिंगै देशमा विकासको गति दिइने छ। उत्पीडित वर्ग जाति र समुदायलाई समृद्धिको नयाँ उचाइमा लैजाने सोच छ।’

 

टुकुचा जस्ताको तस्तै मौलिक शैलीमै राख्नुपर्ने पुरातत्वको प्रारम्भिक निष्कर्ष

पुरातत्व विभागले टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने औँल्याएको छ । विभागले १० दिनअघि गठन गरेको अध्ययन टोलीले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब चार सय ५० मिटर डुँडलाई मौलिक शैलीमै यथावत् राख्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।

 

जयनेपालदेखि काठमाडौं प्लाजासम्म भूमिगत रहेको टुकुचा खोलालाई महानगरले उत्खनन गर्न थालेपछि विभागले अध्ययन टोली गठन गरेको थियो । टुकुचाको सात स्थानमा महानगरले डोजर चलाउँदा तीन स्थानमा टुुकुचालाई डुँड हालेको फेला परेको थियो । अन्य स्थानमा भने टुकुचा फेला परेको थिएन ।

 

टुकुचा उत्खननका क्रममा खोलामाथि रहेका संरचनासमेत भत्काउन थालिएपछि स्थानीयले अदालतमा रिट दायर गरेका थिए । रिटमा उच्च अदालत पाटनले तत्काल संरचना नभत्काउन ‘स्टे अर्डर’ दिएको छ ।

 

 

सोही अर्डरपछि महानगर टुकुचा उत्खननबाट पछि हटेको थियो । टुकुचाको यो खण्ड पुरातात्विक स्थान भएको र त्यसबारे थप अध्ययन हुनुपर्ने विज्ञहरूको सुझावअनुसार महानगर पछि हटेको हो ।

 

‘उक्त डुँड ऐतिहासिक हो भन्नेमा शंकै रहेन,’ पुरातत्व विभागद्वारा गठित अध्ययन समितिका संयोजक भास्कर ज्ञवालीले भने, ‘अब यसलाई मौलिक शैलीमै राख्नुपर्छ ।’ उनका अनुसार १० दिन अध्ययन गर्दा पनि टुकुचाको सम्रग पक्ष पत्ता लगाउन नसकिएले अब दसैँपछि यसको थप अध्ययन हुनेछ ।

 

तर, हालसम्मको अध्ययनअनुसार भने टुकुचाको यो खण्ड प्राचीन भएको, वीरशमशेरका पालामा निर्माण भएको, बस्ती डुबान हुन सक्ने भएकाले त्यसलाई रोक्न डुँड बनाइएको तथ्य पत्ता लागेको छ ।

 

यसबाहेक अन्य पक्षको पनि अध्ययन आवश्यक रहेको समितिको भनाइ छ । दसैँपछि समितिले टुकुचाको शिरदेखि अन्त्यसम्मै अध्ययन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय