बिहिबार , बैसाख १३, २०८१

प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा नेकपा एमाले प्रवेश गरेका छन्।

 

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर लामाले पार्टी प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष ओलीले स्वागत गरेका छन्।लामासहित अन्य केही नेताहरू पनि पार्टी प्रवेश गरेका छन्।

 

लामा २०७४ को निर्वाचनमा हुम्लाबाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।२०७७ सालमा उनी माओवादी प्रवेश गरेका हुन्। उनले २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए।

 

उनी तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राज्यमन्त्री बनेका थिए। माओवादीमा बढ्दो गुटबन्दी र पुर्वाग्रही व्यवहारका कारण आफुले एमाले रोजेको लामाले सेतोपाटीलाई बताए। नेपालमा एउटै कम्युनिष्ट पार्टी चाहिने र त्यसको नेतृत्व एमालेले गर्ने उनले बताए।

 

यस्तै आइतबार मात्रै इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय