बिहिबार , चैत्र १५, २०८०

काठमाडौं । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ। उक्त कारखाना पुनः सञ्चालनका लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो।

 

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे। उक्त कार्यक्रममा महावीर पुनले अर्थमन्त्री शर्माको खुलेरै प्रसंसा गरेका थिए ।

 

महावीर पुनले भने, “अरु मन्त्रीले गफ दिए तर माननीय अर्थमन्त्री जनार्दन शर्माले काम गरेर देखाउनु भयो । मलाई त यो सपना जस्तो लागेको छ ।”

 

यो कारखाना बिगत २० वर्ष देखि संचालनमा नभएर अलपत्र थियो । मन्त्री शर्माले नयाँ बजेटमा रुग्ण रहेका कल कारखानालाई संचालनमा ल्याउने घोषणा गर्नु भएको थियोे । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले “मलाई अचानक चिट्ठा परेको अनुभव भयो” भन्नू भयो ।

 

कुलमानले भने “मलाई धेरै मन्त्रीले बोलाए तर यसरी ठोस रूपमा काम गर्ने जिम्मा कसैले दिएनन् आज जनार्दन शर्माले दिनु भयो र अर्थ मन्त्री जनार्दन शर्मा र नेपाल सरकारले गरेको विश्वास पूरा गर्न म लगायत हाम्रो टिम प्रतिबद्ध छ” भनेर भन्नू भयो ।”

 

उज्यालो नेपालका नायक अर्थमन्त्री जनार्दन शर्माले अर्को नयाँ चमत्कार गरेका छन । आजका दिनसम्म अरु कुनैपनी मन्त्रीले कल्पनासमेत नगरेको काम गरेपछि शर्मा पुनः लोकप्रिय बनेका छन ।

 

उर्जामा हुँदा कसैले कल्पना नगरेको लोडसेडिङ मुक्त गरेर देशलाई उज्यालो पारेका शर्माले गृहमा हुँदा पनि निकै लोकप्रिय काम गरेर चर्चामै रहेका थिए । बार्षिक अरबौँ घाटामा रहेको विद्युत प्राधिकरणलाई अहिले बर्षको २० अर्बसम्म नाफामा पुर्‍याउन सफल उर्जामन्त्री भैसकेका शर्माले एकपछी अर्को लोकप्रिय काम गर्दै आएका छन ।

 

अहिले लोकप्रिय बजेट ल्याएर नयाँ ईतिहास रचेका छन । आर्थिक बर्ष २०७९/०८० को बजेटले नेपालमा केही गर्नेहरुका लागि ठूलो योगदान गरिरहेको छ । नेपाली उत्पादन विदेशमा निर्यात हुने देखि थुप्रै राहत प्याकेजहरु उनले व्यवस्था गरेका छन ।

 

एमालेले हटाएको कुलमान घिसिङमालाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाउने, लोडसेडिङ गराई प्राधिकरणलाई अरबौँ घाटामा पुर्‍याउन सहयोग गर्ने १५ सय कर्मचारीलाई एकैपटक सरुवा गर्ने र नयाँ अभियानसहित लोडसेडिङ मुक्त गर्न आँट गरेका शर्माले अर्थमा पनि परिवर्तनको लागि ठूलो आँट गरेको देखिन्छ । गभर्नर निलम्बन गरि जनताको पक्षमा काम गर्ने अर्को गभर्नर ल्याउने योजना असफल भएपनि उर्जामा जस्तै अर्थमा नयाँ काम गरेर देखाउने शर्माको त्यो सोचमा भने अलिकति पनि विचलन आएको देखिदैन ।

 

सम्बृद्द नेपाल बनाउन कृषिमा क्रान्ति गर्न आवश्यक भएको शर्माको बुझाई रहेको छ । कृषिमा आधुनिकीकरण नगरी देश आत्मनिर्भर नहुने उनको बुझाई छ ।

 

देशमै उत्पादन नबढाए सम्म, देशकै श्रोतसाधनको उपयोग नगरेसम्म देश बिकास हुन नसक्ने अठोट लिएका शर्माले देशका ठुला ठुला उद्योग, कलकारखाना संचालनको लागि र कृषकहरुका लागि राहत प्याकेज, अनुदान, कर छुट, सौलियत ब्याज लगायत थुप्रै प्याकेजहरुको व्यवस्था गरेका छन । नेपालको बजेट २०७९/०८० पारित भएदेखि धेरै सुधारका संकेतहरु लनि देखिएका छन ।

 

सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ। उक्त कारखाना पुनः सञ्चालनका लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो।

 

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे। गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालन सम्झौता गरेको हो।

 

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालन गरिने घोषणा अनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिइएको बताए। ‘चालु आर्थिक वर्षको बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन भन्ने मूल नीति लिएको छ। त्यस नीतिअन्तर्गत हामीले मुख्यगरी कृषि र औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेको कुरा सबैलाई अवगत छ’, उनले भने, ‘यसै अनुरूप कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालनको जिम्मा दिइएको छ।’

 

आविष्कार केन्द्रका अध्यक्ष पुनले आफूले कहिल्यै नसोचेको जिम्मेवारी पाउँदा चिट्ठा परेको जस्तो महसुस भएको बताए। ‘नेपाल सरकार र अर्थ मन्त्रालयसँग यस किसिमको सम्झौता होला भनेर सोचको पनि थिएन’, उनले भने, ‘आशा नगरेको जिम्मेवारी आएकाले यसलाई चिट्ठा नै परेको भन्छु।’ उनले सम्झौता राम्रो कामका लागि भएको समेत बताए। साथै आफूहरूको ज्ञान र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता पनि जनाए।

 

सम्झौता अनुसार आविष्कार केन्द्रले कारखाना सञ्चालन जिम्मा १० वर्षका लागि पाएको छ। योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरणलगायतका काम आविष्कार केन्द्रले गर्नेछ। कारखानाको मर्मतसम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलोपटक सरकारले गर्नेछ।

 

आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिमसमेत सञ्चालन गरी जनशक्ति उत्पादन एवम् आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्न पाउनेछ। औजार बिक्रीबाट करपश्चात्को रकमको ५० प्रतिशत ‘राष्ट्रिय आविष्कार केन्द्र कोष’ खडा गरी त्यहाँ रहनेछ। बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।

 

उज्यालो नेपालका अभियन्ता जनार्दन शर्मा चौथो पटक मन्त्री बने

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

 

सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन् ।

 

यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका छन् । ऊर्जा मन्त्रीको रुपमा उनको कार्यकाल स्मरणयोग्य रहेको छ ।

 

चर्को विद्युतभार कटौतीको मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन प्रभावकारी कदम चालेका थिए। तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर रहेका शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युतभार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा प्रभावशाली नेता हुन् ।

 

मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र शर्मा र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मिएका शर्माको विशेष रुचीको क्षेत्र साहित्य र कृषि हो ।

 

 

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा(माओवादी) केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुमपा निर्वाचित शर्मा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

 

राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गरेका शर्माले जनसेवाश्री र संविधनसभा पदक प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय