बिहिबार , बैसाख ६, २०८१

अर्थमन्त्री जनार्दन शर्माले । आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन् ।‘

 

यो देशमा लेख्नेहरूलाई छुट छ, स्वतन्त्रता छ । कुनै प्रमाण, तथ्य चाहिँदैन । जसलाई जे मन लाग्यो लेखे हुन्छ !कतिपय लेख्नेहरूको बारेमा कुनै दिन म खुलासा गरौँला, किन लेखे त्यसको रहस्य के छ,’बजेट निर्माण गर्दा करका दर हेरफेर गरेको आरोपबारे उनले भने । उक्त आरोप पुष्टि नभएपछि शर्मा पुनः । अर्थ मन्त्रालय फर्किसकेका छन् ।

 

सञ्चारगृहविरुद्ध मानहानिको मुद्दामा जाँदा राम्रो काम गर्नेहरू पनि आलोचित हुने भएकाले आफू तत्काल मुद्दामा नगएको पनि उनले प्रस्ट पारेका छन ।

 

यो देशमा सञ्चार क्षेत्रविरुद्ध मानहानीमा गयो भने यसले त ठिकै गरेको छ भन्नेहरू पनि विरुद्धमा जालान् कि भनेर नगएको हुँ,’ शर्मा ले भने, ‘मानहानिमा गएर पनि धेरै ठूलो हुने कुरा केही छैन ।’

 

त थ्यहीन रूपमा केही समय भ्रम छरे पनि सत्य के । हो भन्ने स्थापित हुने भएकाले आफू अदालती प्रक्रियामा नगएको शर्माको भनाइ छ । नगरिकता विधेयकका विषयमा शर्माले राष्ट्रप तिले संवैधानिक अधिकारभित्रै रहेर काम गर्ने बताए ।

 

विगतमा संवैधानिक अधिकारभित्र नै रहेर फिर्ता भएको उल्लेख गर्दै उनले अब पनि संविधानअनुसार नै हुने विश्वास व्यक्त गरे। थप समाचार । डोटी – निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको दिपायलमा जहाज नियमित सञ्चालन हुने बताउनुभएको छ ।

 

आज सोमवार डोटीको दिपायल विमानस्थलको ट्रमिनल भवनको शिलान्यास गर्दै निवर्तमान मन्त्री आलेले दिपायलमा जहाज नियमित सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, जहाज नआउँदा लामो समयदेखि बन्द अवस्थामा रहेको विमानस्थलमा मैले पर्यटनमन्त्री हुँदा हप्तामा दुई पटक भए पनि जहाज सञ्चालन गराउन सफल भएको छु, अब जहाज नियमित सञ्चालन गराउँछु ।

 

उहाँले सुदूरपश्चिमका पहाडी जिल्लामारहेका विमानस्थलहरूको स्तरोन्नतिसहित नियमित सञ्चालन गरी यहाँका नागरिकलाई सङ्घीय राजधानी काठमाण्डाैसँग सिधा हवाई सम्पर्कमा जोड्ने आफ्नो लक्ष रहेकाले त्यसमा लागिपरेको बताउनुभयो ।

 

यसैगरी उहाँले कैलालीको धनगढीमा रहेकाे गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि आफूले बजेट विनियोजन गराएको र काम सुरु भएकाे पनि जानकारी दिनुभयो । निवर्तमान मन्त्री आलेले डोटीसहित समग्र सुदूरपश्चिमको विकासका लागि आफू अहोरात्र खटिरहेको दाबी गर्नुभयाे ।

 

उहाँले दिपायल विमानस्थलमा जहाज नियमित सञ्चालन भए यहाँका बडीमालिका, खप्तड, बडीकेदार, रामारोशन लगायतका पर्यटकीय तथा धार्मिक क्षेत्रहरूमा पर्यटकको आवागमन बढ्ने र पहाडी जिल्लाका नागरिककाे आयस्तरमा वृद्धि हुने बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय