आइतबार , मंग्सिर १८, २०७९

राजनेता भन्नाले कुन नेतालाई चिन्नुहुन्छ?

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

नेपाली राजनीतिको कुरा गर्दा धेरैजसोले नेताहरूलाई नै भ्रष्ट भएको, जनताको मत बिर्सिएको, कृपावाद र नातावादमा फसेको, जनता र कर्मचारी सबै क्षेत्रलाई राजनीतिको बिउ रोपेकोजस्ता आरोपहरू लगाउने गरिन्छ । हुन त जनता नै दोषी हुन् भन्ने विज्ञहरू पनि धेरै नै पाइन्छ ।

 

जनता जस्ता छ्न्, उनीहरूले पाउने नेताहरू पनि उस्तै हुन् भन्ने पनि गरिन्छ । खैर, दोष जसको भए पनि नेपालले समृद्धि र विकासको बाटो भने लिन नसकेको कुरा कसैले पनि नकार्न मिल्दैन । जनता या नेता जसको दोष भए पनि देशमा सुशासन, रोजगारी, सामाजिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी भने

 

नेपाली राजनीतिको कुरा गर्दा धेरैजसोले नेताहरूलाई नै भ्रष्ट भएको, जनताको मत बिर्सिएको, कृपावाद र नातावादमा फसेको,

 

 

जनता र कर्मचारी सबै क्षेत्रलाई राजनीतिको बिउ रोपेकोजस्ता आरोपहरू लगाउने गरिन्छ । हुन त जनता नै दोषी हुन् भन्ने विज्ञहरू पनि धेरै नै पाइन्छ ।

 

जनता जस्ता छ्न्, उनीहरूले पाउने नेताहरू पनि उस्तै हुन् भन्ने पनि गरिन्छ । खैर, दोष जसको भए पनि नेपालले समृद्धि र विकासको बाटो भने लिन नसकेको कुरा कसैले पनि नकार्न मिल्दैन ।

 

 

जनता या नेता जसको दोष भए पनि देशमा सुशासन, रोजगारी, सामाजिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी भने नभएकै हो ।

 

 

कैयौँ पढेलेखेका र सीप हासिल गरेका दक्ष जनशक्ति देशमा रोजगारी हुँदो हो त बाहिर अरुको देशमा पसिना झार्न जाने पक्कै थिएनन् । गए पनि देशको आर्थिक अवस्था राम्रो भइदिएको भए फेरि बसाइँ सरेका भए पनि ती नेपालीहरूलाई अहिले झैँ पलायन भएको मानिने थिएन ।

 

समृद्ध राष्ट्रमा केही बाहिर सर्दैमा देशलाई दक्ष जनशक्तिको आवश्यकता नै कम पर्थ्यो । नभए इतिहासलाई पल्टाएर हेर्ने हो भने कैयौँ शक्तिशाली र सम्पन्न राष्ट्रहरूमा पनि मानिसहरू कि स्वतन्त्रता प्रयोग गर्न,

 

 

कि त फरक वातावरण या संस्कृति अपनाउन या त फरक अवसर प्राप्त गर्न बसाइँ सरिरहन्छ्न् । नेपालको भने मुख्यगरी भ्रष्टाचार र आयातमा निर्भर भएर बाँच्नुले आर्थिक सुधार या क्रान्ति हुन सकेन ।

 

त्यसो त केही भएको छैन भन्न पनि गलत हुन्छ । हरेक युद्धकालीन समय र युगमा केही न केही परिवर्तनहरू आए र गरिए पनि ।

 

तर, पूर्ण समृद्धि र विकास भने हुन सकेन । पत्रकार तथा लेखक बसन्त बस्नेतले एउटा कार्यक्रममा ‘हामीले परिवर्तन त पायौँ तर अलिकति’, ‘अ लिटिलबिट प्रेग्नेन्ट’ भनेजस्तै ।

 

कुरा भएको ठ्याक्कै त्यही नै भयो । राजतन्त्र, प्रजातन्त्र, बहुदलीय प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र आदि त आए तर पूर्ण आर्थिक क्रान्ति हुन सकेन जसका कारण गरिब, असहाय र विभिन्न

 

 

भाषा संस्कृति भएका मानिसहरूको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आधारभूत आवश्यकताहरू राज्यले पूरा गरोस् । देशलाई आवश्यक वस्तुहरूमा पूर्ण आत्मनिर्भर बन्न सक्थ्यो र कति कुराहरू निर्यात गर्न सक्थ्यो तर त्यसो हुन सकेन ।

 

जनताको त दोष ठूलो छ, किनभने दशकौँसम्म एउटै नेतालाई पटकपटक जिताएर फेरि त्यही कुर्सीमा पुर्‍याउने काम जनताले गरिरहेका हुन्छन् ।

 

 

सामान्यतया धेरै विकसित राष्ट्रहरूमा राजनीतिज्ञहरूले झुटो बोल्ने या गल्ती गर्ने सानो अवसर पनि दिइएको हुँदैन । यथार्थ र प्रमाणित भएका कुराभन्दा बाहिर सामान्यतया बोल्न पनि मन्त्री या सांसदहरूलाई गाह्रो हुने गर्छ ।

 

चुनाव नजिकिँदै छ, अब फेरि त्यही पुरानै नेताहरूलाई फूलमाला लगाएर ५ वर्ष मौनधारण गरेर बस्ने कि नैतिकता, जिम्मेवारी, इमान र दक्षता भएका व्यक्तिहरू रोजेर राष्ट्रलाई समृद्धिको दिशामा अघि बढाउने भन्ने प्रश्न खडा भएको छ ।

 

मेरो विश्लेषणमा स्वीडेन चलाउने राजनीतिज्ञमा मुख्यतः इमान, ज्ञान र नैतिकता तीनवटा पक्षले देश र जनताको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको देखिएकाले तपाईंहरू सबैले निर्वाचन हुनुअघि गहिरिएर

 

नसोचे फेरि वर्षौंसम्म चल्नुपर्ने रेलमा ब्रेक लाग्ने निश्चित छ । त्यसैले हतासमा होइन, सोचेर एक नैतिकवान्, क्षमतावान् र इमानदार नेतालाई चुनौँ ।हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय