मंगलबार , चैत्र ६, २०८०

काठमाडौँ — अन्तर्राष्ट्र्रिय सीमावर्ती क्षेत्रमा निर्माण गरि,एका अनधिकृत संरचना हटाउन र त्यस्ता संरचना बनाउनै नदिन सरकारबाट बलियो कूटनीतिक पहल नहुँदा भारतीय बलमिच्याइँका घटना दोहोरिन थालेका छन् ।

 

भारतले पछिल्लो पटक दार्चुला सदरमुकाम खलंगापारि महा,काली नदीको प्राकृतिक बहाव रोक्न सवा अर्ब रुपैयाँ लागतमा १ किमि लम्बाइ र ९ मिटर उचाइको पक्की तटबन्ध धमाधम बनाउँदा पनि त्यसमा रोक लगाउन नेपालका तर्फबाट कूटनीतिक पहल हुन सकेको छैन ।

 

भारतीय उत्तराखण्ड सिँचाइ विभागको लगानी एवं सश,स्त्र सीमा बल (एसएसबी) को सुरक्षा घेरामा पुलाघाटदेखि जहरलालसिंह नवियाल स्टेडियम नजिकै घट्टेखोलासम्म माघ ३ देखि पक्की तटबन्ध बनाइँदै गरेको हो ।

 

८० करोड भारुमा तटबन्ध निर्माण सक्ने गरी भारतीय अरुण कन्स्ट्र,क्सन कम्पनीलाई जिम्मा दिइएको छ । भारतले नयाँ परियोजना साविकको तटबन्धभन्दा ७ मिटर नदी तटीय क्षेत्रमा छिरेर निर्माण अघि बढाएको छ ।

 

भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धका कारण वर्षाया,ममा नदीको बहाव नेपालतर्फ फर्केर ठूलो क्षति पुग्न सक्ने स्थानीय बताउँछन् । उनीहरूका अनुसार महाकालीको धार फेरिए नेपाली भूमि कटान मात्र हुँदैन, वारितर्फका बस्ती नै विस्थापित हुने जोखिम छ ।

 

‘हेलसिन्की सन्धि १९६२’ ले एकअर्कालाई प्रतिकूल असर पर्ने र नदी तथा खोलाको प्राकृतिक धार परिवर्तन हुने गरी कुनै पनि देशले सीमा इलाकामा भौतिक संरचना बनाउन नपाउने भनेको छ । उक्त सन्धिमा नेपाल र भारत दुवैले हस्ताक्षर गरेका छन् ।

 

प्राकृतिक प्रकोप तथा विपत्ति रोकथाम तथा नियन्त्रण,का लागि कुनै संरचना बनाउनै परे एकअर्को मुलुकसँग समन्वय र सहमति लिनुपर्ने हुन्छ । तर भारतले दार्चुला सदरमुकाम खलंगाबाट केही सय मिटर मात्रै पारि धारचुलाबाट महाकाली नदीको धार नेपालतर्फ फर्काउन पक्की तटबन्ध बनाइरहेको छ ।

 

महाकालीमा फेरि तटबन्ध बनाउँदै भारत

 

नेपाललाई दीर्घकालीन असर पर्ने तटबन्ध निर्माण भइरहे पनि परराष्ट्र्र मन्त्राल,यले खोजबिन र चासो देखाएको छैन । यस विषयमा सत्तारूढ दलहरूले पनि मुख खोलेका छैनन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही साताअघि लिपुलेक हुँदै सडक निर्माण गरिरहेको विषयमा बोल्दा पनि परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट विरोध जनाएन । विगतमा नेपाललाई अहित हुने गरी भारतले संरचना निर्माण गर्दा यहाँस्थित भारतीय राजदूतलाई बोलाएर ध्यानाकर्षण गराएका उदाहरण छन् ।

 

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधा,नमन्त्री केपी शर्मा ओलीले आइतबार विज्ञप्तिमार्फत सीमा क्षेत्रमा भइरहेको भारतीय गतिविधिप्रति सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । ओली नेतृत्वको पूर्ववर्ती सरकारका पालामा ढुंगागिट्टी निकासी गर्न दिने निर्णय हुँदा संयुक्त विज्ञप्ति निकालेका पाँच पूर्वप्रधानमन्त्री महाकालीमा अनधिकृत संरचना निर्माण गरिँदा मौन छन् ।

 

कांग्रेस उपसभापति धनराज गुरुङले राष्ट्रियतासँग जोडिएको विष,यमा सत्ता र प्रतिपक्ष नभनी सबै दल एक ठाउँमा उभिनुपर्नेमा त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताए । ‘महाकाली नदीमा भारतले अनधिकृत तटबन्ध बनाउनु आपत्तिजनक छ । त्यसविरुद्ध सबै दलको एउटै आवाज हुनुपर्छ र परराष्ट्र्र मन्त्रालयले पनि बेलैमा आफ्नातर्फबाट ढिला नगरी कूटनीतिक पहल थाल्नुपर्छ,’ उनले भने ।

 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महा,काली नदीको प्राकृतिक धारलाई असर पुग्ने गरी भारतले बिनासमन्वय तटबन्ध निर्माण थालेको र आफूले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएर शुक्रबार नै गृह मन्त्रालयमा जानकारी पठाएको बताए । खलंगास्थित सशस्त्र प्रहरी बल (एपीएफ) को गणले पनि भारतीय अनधिकृत संरचना निर्माणबारे हेडक्वार्टरलाई जानकारी गराइ,सकेको स्रोतले जनाएको छ । जिल्ला प्रशासनबाट प्राप्त पत्र ४ दिनपछि बल्ल सोमबार गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले महा,काली नदीको धार परिवर्तन हुने गरी भारतीय पक्षले तटबन्ध बनाउन सुरु गरेको भनेर दार्चुला प्रशासनबाट प्राप्त पत्र थप कार्यार्थ सम्बन्धित निकायलाई पठाइएको बताए । ‘सीमा क्षेत्रमा कसैले पनि एकतर्फी संरचना बनाउन पाइँदैन, यसमा हाम्रो ध्यानाकर्षण भइसकेको छ,’ उनले कान्तिपुरसँग भने ।

 

दार्चुलाकै व्यास गाउँपालिका–१, छाङरु नजिकै सीतापुल संरक्षणका लागि नेपालतर्फ संरचना बनाउँदा गत वर्ष भारतले अवरोध गरेको थियो । भारतले पारिपट्टि सडक खन्दा नेपाली घोडेटो बाटो भत्किएर स्थानीयको आउजाउमै अवरोध पुग्यो ।

 

दार्चुलाको मालघाटपारि ६ महिनाअघि तुइन तरिरहेका बेला भारतीय एसएसबीले लट्ठा खुस्काइदिँदा नेपाली युवा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता छन् । छाङरु र टिंकरमा जनगणनाका

 

डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन : महामन्त्री थापा

 

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगी निय,न्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौं- ४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि जनाएका हुन् ।

 

‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन । यसमा मेरो ठूलो असन्तुष्टि छ‚’ उनले भने‚ ‘मैले प्रधानमन्त्रीलाई भेटेर पटक-पटक भनेको छु; योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जीउधनको रक्षा गर्ने ।’

 

कोभिड-१९ नियन्त्रण गर्न नसकेको भन्दै ओली नेतृत्वको सरकारलाई दोष लगाएको तर आफ्नै सरकार हुँदा पनि डेंगी नियन्त्रण गर्न नसकेको आरोप लगाएका हुन् ।

 

‘सरकारले डेंगी नियन्त्रणमा काम गर्न सकेन । हिजो कोभिड-१९ को बेलामा ओली सरकारले काम गरेन भन्यौं । अहिले हाम्रै पार्टीको सरकार छ तर यसले पनि काम गर्न सकेको छैन ।’

 

सरकारको काम‍ चित्तबुझ्दो नभएको भन्दै उनले आपत्कालीन बैठक बसेर देशभरका सरकार बसेर अस्पताललाई डेंगी कसरी हटाउने भनेर काम गर्नुपर्ने बताए । ‘डेंगी नियन्त्रण यो चाडबाडको बेला बढ्छ । सरकारले काम गर्नुपर्छ‚’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय