शनिबार , बैसाख ८, २०८१

काठमाडौं, असोज १६

 

इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरीले आफूबिरुद्ध केही मिडियाले सुनियोजित रुपमा फेक न्यूज बनाएको तथ्य खोल्नुभएको छ ।

 

आफ्नो नीजि कामका लागि अन्य पार्टीका साथीहरुसँग काठमाडौं आउँदा केही मिडियाले सुनियोजित रुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने अफवाह फैलाएको चौधरीले बताउनु भएको हो ।

 

आज केही सञ्चार माध्यमले योजनावद्ध रुपमा चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न काठमाडौं हिडेको भन्दै समाचार प्रशारण गरेका थिए । चौधरीले सो समाचार सतप्रतिशत झुटो रहेको सामाजिक सञ्जालमार्फत प्रष्ट पार्नुभएको छ ।

 

‘बरु राजनिति छोड्छु एमाले छोड्दिन । एमालेभित्रै बसेर सङ्घर्ष गर्छु । धन्याबाद,’ चौधरीले लेख्नुभएको छ, ‘म निजि कामले अन्य दलको साथीहरुसग काठमाडौ हिड्न नहुने ?

 

’ नेकपा माओवादी केन्द्र निकट केही मिडिया र गठबन्धनलाई सघाउने मिडियाहरुले चौधरी माओवादीमा प्रवेश गर्न लागेको भन्दै समाचार दिएका थिए ।

 

चौधरीको यो भनाईले सो समाचार शतप्रतिशत झुटो र अफवाह फैलाउने रचिएको चक्रब्यूह सावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय