मंगलबार , चैत्र ६, २०८०

काठमाडौ:

 

राष्ट्रिय राजनीतिमा राष्ट्रवादी र अडान भएको नेताका रुपमा चिनिने नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आवेगमा दिएको सांसदबाट राजिनामा केही दिनमै फिर्ता लिए ।

 

 

उनले जुन कारण देखाएर राजिनामा दिएका थिए, त्यो अवस्थामा न त सुधार भएको थियो, न त परिवर्तन । राजिनामा दिन खोज्दा रावललाई नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेयले रोक्ने कोसिस गरेका थिए । तर उनले उल्टै पाण्डेयलाई हकारे ।

 

रावलले आइतबार देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि राजीनामाको घोषणा गरेका थिए । उनले आइतबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरुको अगाडी राजीनामा पत्र पढेर सुनाएका थिए । र राजिनामा पत्र सभामुखलाई बुझाए ।

 

रावल तिनै नेता हुन्, जो नेकपा एमाले सहितका सांसदको अगुवाई गर्दै तत्कालिन प्रधानमन्त्री र राष्ट्रपतिका बिरुद्ध सर्बोच्चमा मुद्दा दायर गर्न पुगेका थिए ।

 

 

उनकै अगुवाईमा शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सांसदहरुले हस्ताक्षर गरेका थिए । सांसदहरुको त्यही हस्ताक्षरलाई आधार बनाएर सर्बोच्चले ओलीलाई प्रधानमन्त्रीबाट हट्न बाध्य बनायो । र देउवाका लागि प्रधानमन्त्री हुने बाटो सुनिश्चित भयो ।

 

तर जव सुबिधाजनक बहुमत सहित देउवा प्रधानमन्त्री निश्चित भयो, तव रावल पछि हटे । त्यतिबेलासम्म उनले बरिष्ठ नेता नेपालको क्याम्प छोडेको हल्ला चलिसकेको थियो ।उनको राजिनामाको स्टन्टले शुक्रवार नयाँ मोड लियो । उनले राजिनामा फिर्ता लिए ।

 

रावलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाए । सबै नेताहरु र जनताको आग्रहमा राजिनामा फिर्ता लिएको अभिव्यक्ति दिएपछि उनलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना शुरु भयो । त्यो क्रम अझै रोकिएको छैन ।

 

कान्तिपुर दैनिकमा भीम रावलले सांसद पदबाट दिएको राजिनामा फिर्ता लिए शिर्षकमा छापिएको समाचारमा ३० घण्टामा एक हजार चार सय जनाले कमेण्ट गरेका छन् । ८८ जनाले शेयर गरेका छन् । र कमेण्ट गर्ने अधिकांशले रावललाई भद्दा गाली दिनुका साथै चर्को आलोचना गरेका छन् ।

 

तिनै मध्येका बिनोद कार्की लेख्छन्, फोकटमा आईरहेको तलब भत्ता अस्ति अरूले खान दिन्न भन्दा रडाको मच्चाउने अहिले आफैले चट्ट छोड्न काहा मन लाग्छ र कमरेड रु यो सबै नाटक नौटंकी हो, जनतालाई आँखामा छारो हाल्ने काम हो। हाहा लाज र सरम हरायेपछी यस्तै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय