मंगलबार , चैत्र ६, २०८०

सदस्य नरेन्द्र साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार राति प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई खादा र अबिर लगाएर आफ्नो पार्टीमा भित्र्याएका छन्। संघीय निर्वाचनमा सर्लाही ३ मा प्रत्यक्ष चुनाव लड्न टिकट पाउने निश्चित भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका स्रोतले जनाएको छ।

 

सत्ता गठबन्धनबीच सर्लाही ३ माओवादी केन्द्रले पाउने सहमति भैसकेको छ। प्रमुख प्रतिपक्षी एमालेले यस क्षेत्रमा संविधान सभा सदस्य हरि उप्रेतीलाई उम्मेदवार बनाउने तयारी गरेको छ।कार्यक्रममा माओवादी नेता मातृका यादव, केन्द्रीय सदस्य माया बल, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी लगायतको सहभागिता थियो।

 

साह सर्लाहीको बरहथवा नगरपालिका लौकटका स्थायी बासिन्दा हुन्।०७४ को निर्वाचनमा साह महेन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका थिए। ०४७ को निर्वाचनमा उनले स्वतन्त्रबाट सर्लाही ३ मा संघीय चुनाव लडेका थिए।

 

त्यतिबेला माओवादी केन्द्रका रामेश्वर राय यादव विजयी हुँदा गुलाब चिह्नमा चुनाव लडेका साह तेस्रो भएका थिए। दोस्रो मत कांग्रेस उम्मेदवारले ल्याएका थिए।त्यतिबेला विजय गच्छदार नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका यादवले टिकट पाउने निश्चित भएपछि साह माओवादीमा प्रवेश गरेनन्।

 

‘टिकट पाएको भए त्यतिबेलै साह माओवादी केन्द्रमा प्रवेश गर्ने थिए,’ माओवादीका एक नेताले भने, ‘प्रचण्डले रामेश्वर रायलाई टिकट दिएपछि साहले त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका हुन्।’

 

स्रोतका अनुसार माओवादी नेता मातृका यादव ०७४ मा रामेश्वरलाई नभएर साहलाई पार्टी प्रवेश गराएर टिकट दिन चाहन्थे। तर, सर्लाहीका माओवादी नेताहरुले मातृकाको कुरा नमान्दा त्यतिबेला रामेश्वरले टिकट पाएका थिए।

 

गएको स्थानीय तह निर्वाचनमा आफ्नै गाउँपालिका चक्रघट्टमा रामेश्वरका छोरा विक्रम यादव अध्यक्षमा हारेपछि माओवादी नेतृत्व रामेश्वरलाई टिकट नदिने निष्कर्षमा पुगेको एक नेताले जानकारी दिए।

 

प्रत्यक्षमा टिकट पाउने सम्भावना नदेखेपछि यादवले आफ्नो नाम समानुपातिकमा राखेका स्रोतको भनाइ छ।सर्लाही ३ मा माओवादीबाट अच्युतम काफ्ले, रामेश्वर राय यादव, राजकुमार यादवलगायत नेता प्रत्यक्ष चुनाव लड्न टिकटको आकांक्षी छन्।

 

‘तर, आकांक्षीमध्ये काफ्ले र रामेश्वरले आफ्नो समर्थन नरेन्द्र साहलाई जनाइसकेका छन्,’ ती नेताले भने, ‘उहाँहरुले प्रचण्डसँग आफूहरुसँग चुनाव लड्ने पैसा छैन भनेपछि चुनाव लड्न पैसावाला मान्छे पार्टी प्रवेश गरेका हुन्।’

 

अर्बौं सम्पत्तिका मालिक साहको देश-विदेशमा व्यापार छ। उनको मुख्य आम्दानीको स्रोत क्यासिनो हो। साहले ०७४ मा स्वतन्त्रबाट चुनाव लड्दा सर्लाहीमा १०औँ करोड रुपैयाँ खर्च गरेको चर्चा छ।चुनावमा हारेपछि पनि उनले सर्लाहीका गाउँगाउँमा कम्बलसहितका सामान बाँडेर जनताको मन जित्ने प्रयास गरेका थिए।

 

चुनाव नलड्नेबारे बाबुराम भन्छन्- सबै नेता चुनावदेखि चुनावसम्म अल्झिनुहुँदैन

नेपाल समाजवादी पार्टी (नेसाप)का अध्यक्ष डा. बाबुराम भट्टराईले सबै नेताहरू चुनावदेखि चुनावसम्म अल्झिएर बस्न नहुने बताएका छन् ।अनलाइनखबरमा प्रकाशित ‘प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम’ शीर्षकको समाचार ट्वीट गर्दै डा. भट्टराईले विहीबार बिहान भनेका छन्, ‘विश्व/नेपालका समाजवादी आन्दोलनका अनुभवबाट सिकेर अगाडि बढ्ने हो भने हामीले आउट अफ बक्स गएर सोच्ने/गर्ने आँट गर्नैपर्छ ।’

 

उनले चुनाव नलड्ने आफ्नो मनस्थितिबारे सल्लाह र सुझाव पनि मागेका छन् । ‘पुरानै बाटो हिंडेर नयाँ ठाउँमा पुगिन्न’ उनले लेखेका छन्, ‘सबैबाट सल्लाह सुझावको अपेक्षा ।’

 

बुधबार बेलुका पनि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफ्नो गृहजिल्ला गोरखाका विद्यार्थी नेताहरूसँग यसबारे छलफल गरेका थिए ।‘गोरखाका सचेत विद्यार्थी नेताहरूसँग गम्भीर राजनीतिक विमर्श’ उनले भेटघाटको तस्बिरसहित ट्वीट सन्देशमा लेखेका छन्, ‘विगतका क्रान्तिपछि प्रतिक्रान्तिका अनुभवबाट के सिक्ने ?’

 

नेतृत्व पंक्ति सबै चुनावदेखि चुनावसम्म अल्झन नहुने उनको तर्क छ । ‘वैचारिक विचलनका अतिरिक्त नेतृत्वको पूरै पंक्ति सत्तादेखि सत्तासम्म वा चुनावदेखि चुनावसम्म अल्झिएर हो कि ?’ उनको प्रस्ताव छ, ‘अतः एउटा हिस्सा चुनाव/सत्ता र अर्को सत्ताइतर जनकार्यमा लाग्ने कि ?’

 

विहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले प्रश्न गरेका छन्, ‘के सबैले संधै चुनाव लड्नैपर्छ? समाज रूपान्तरण, विकास/समृद्धि,समुन्नत समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेहरूले चुनावदेखि चुनावसम्मको बाटो मात्र हिंडेर हुन्छ?’

 

समुन्नत समाजवादको दिशामा जान सोहीअनुरूप कार्यविभाजन पनि हुनुपर्ने उनको तर्क छ । ‘सडक-सदन-सरकारको क्षेत्रबाट एकीकृत संघर्ष गर्दै समुन्नत समाजवादको दिशामा जाने हो भने नेतृत्वको मूल टिमको कार्यविभाजन पनि सोही अनुरूप गर्नु आवश्यक नहोला र ?’ डा भट्टराईले प्रश्न गरेका छन् ।

 

यसबारे प्रचण्डसँग आफ्नो छलफल भइरहेको उनले जानकारी दिएका छन् । ‘प्रचण्ड र म जीवनको अन्तिम कालखण्डमा पुनः एकचोटि नयाँ उचाइमा उठेर सहकार्य गर्न यस्तै यस्तै छलफल गरिरहेछौं’ उनले भनेका छन्, ‘तपाईंहरूको सल्लाह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय