मंगलबार , चैत्र ६, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादी का केन्द्रीय उपाध्यक्ष १ नम्बर प्रदेशका ईन्चार्ज पूर्व सांसद घनेन्द्र बस्नेतले आफु माधव नेपालको पछि लागेर घर न घाटको भएको बताएका छन्।

 

नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले बस्नेतले आज विहान फोन गरेर सो कुरा बताएको जानकारी दिएका हुन् ।

 

बस्नेतले निराश हुदै एमालेमा आउन आफू तयार रहेकाले एमाले प्रवेश गर्ने बातावरण बनाई दिन समेत बस्नेतले आफूलाई आग्रह गरेका रिजालले बताए ।

 

बस्नेत कम्युनिस्ट आन्दोलन र पार्टीका पुराना नेता समेत हुन् । उनी पञ्चायत विरोधी आन्दोलन मा १७ बर्ष जेल पनि परेका थिए । माधव नेपालका दाहिने हात तथा खम्बै रहेका बस्नेतले एमाले फुटाएर समाजवादी पार्टी बनाउन ठुलो भूमिका समेत खेलेका थिए ।

 

नेकपा पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल अध्यक्ष भएर ओलीलाई साधारण सदस्य समेतबाट हटाएपछि १ नम्बर प्रदेशका तत्कालीन अध्यक्ष देवराज घिमिरेलाई हटाएर माधव प्रचण्डले उनै बस्नेतलाई अध्यक्ष बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय