शनिबार , बैसाख ८, २०८१

काठमाडौं, ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन निर्माण गर्ने प्रयास गरेको र त्यसको लागि पूर्व प्रधानमन्त्रीहरु र दलका नेताहरुसँग भेटवार्ता गरेको स्पष्ट पारेका छन् ।

हिजो साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य भेटवार्ता गरेको समाचार आएपछि बाबुरामले यसबारेमा मुख खोलेका हुन् ।

उनले आफूहरु ओली प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन निर्माण गर्ने प्रयासस्वरुप कांग्रेस सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डलगायत अन्य नेताहरुसँग भेटघाट गरेको र गरिरहने पनि जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्,‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने वेला आएको छ।यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउबा,माधव नेपाल,प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुॅ। गर्दैरहनेछु!”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय