एमाले नेता तथा इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकालाल चाैधरी एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । उनीसँग एमाले छाडेर माओवादी केन्द्र राेज्नुको कारणबारे शिलापत्रकर्मी कृष्ण बहाबले गरेकाे कुराकानीको सम्पादित अंश ।

 

तपाईं माओवादीमा प्रवेश गर्ने हल्ला सुनिन्छ । खास कुरा के हो ?

 

तपाईंले सुनेको समाचार सत्य हो ।

 

तपाईंलाई माओवादीले के भूमिका दिने भनेको छ ?

 

सम्मानजनक भूमिका दिन्छु भनेर नेतृत्वले आश्वसन दिनुभएको छ ।

 

एमाले छोड्नुपर्ने कारण के हो ?

 

यो चाहिँ एमालेलाई सोध्दा राम्रो हुन्छ । यसमा बसिरहँदा खुब प्रशंसा गर्ने र छोडेपछि अनेकन आरोपप्रत्यारोप लगाउने चलन रहेको छ । केही दिनअघि मलाई पनि पद लोलुप भनेका छन् । त्यसमा केही भन्नु छैन । एमालेले मलाई अहिले केही जिम्मेवारी दिएको छैन । आत्मसम्मानमा चोट पुगेको छ ।

 

नगर, जिल्ला र केन्द्र नेतृत्वलबाट आत्मसम्मान राखिएन । संस्थमा बस्दा आत्मसम्मानसहित बस्ने हो । त्यसकारण एमाले नरहने निर्णय गरेँ ।

 

लामो समयको राजनीतिकर्मी चुप लागेर बस्ने कुरा भएन । अझै १० वर्षजति केही गर्छु । दुईवटा मर्गौला फेरेर पनि केही गर्छु भनिरहेका छन्, हामीजस्तालाई ठाउँ दिँदैनन् । त्यसैले यस्तो निर्णयमा पुगेँ ।एमालेले पाखा लगाउने काम गर्‍याे भन्नु भएको हो ?

 

त्यो त देखिएकै छ नि । गुट बनाउँदै गुटबाट केपी ओलीले पार्टी कब्जा गरेका छन् । अहिले एमाले ध्वस्त भइसक्यो, ओलीजी बालकोटमा बासुरी बजाइरहनुभएको छ ।

 

आसन्न निर्वाचनमा आंकाक्षी हुनुहुन्छ ?

 

म कहिल्यै पनि पदको आंकाक्षी भइन् । पद चाहिँ मेरा लागि लडिलडि आएको छ ।

 

एमालेमा केन्द्रीय समितिमा दाबा गर्नुभएको थियो ?

 

अरु दाबी गर्दा तिघ्रा ठटाएर नै गर्छन् । मेरो त्यस्तो होइन । म जिल्ला कमिटीको अध्यक्ष भइसकेको व्यक्ति, उपमहानगरको मेयर पनि भइसकेको व्यक्ति स्वतः केन्द्रीय कमिटीको दाबेदार हो नि । जिल्ला सदस्यहरू केन्द्रीय कमिटी सदस्य भइसकेका छन् । उपमेयर केन्द्रीय सदस्य छन् । मभन्दा जुनियर मञ्चमा बसेर भाषण गर्छन्, म भुईंमा बसेर ताली ठोकौं ? त्यो मिल्ने कुरा हो र ?

 

अब आसन्न चुनावमा माओवादीबाट सुनसरी २ मा प्रदेशसभा सदस्यको उम्मेदवार हुने हो ?

 

मलाई त केपी ओलीसँग प्रतिस्पर्धा गर्न मन छ । ओलीको अंहकारलाई धुलिसात गर्नुपर्ने छ । अब पार्टीले कहाँ पठाउँछ ? हेरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय