मंगलबार , चैत्र ६, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कोर सिटीका नेवा: सभ्यता झल्किने संरचनाहरूमाथि डोजर चलाएको भन्दै नेवा: समुदाय आन्दोलनमा उत्रिएपछि सुमन सायमीले पनि समर्थन गरेका छन् ।

 

 

काठमाडौंको मेयरमा आँखीझ्याल चिन्ह लिएर स्वतन्त्र उम्मेदवार उठेका सायमी १३ हजार मतसहित तेस्रो भएपछि चर्चामा आएका थिए । उनी स्वतन्त्रको लौरो अभियान लिएर काठमाडौं ८ मा उम्मेदवार बन्दैछन् ।

 

शनिवार साँझ काठमाडौं महानगरको २५ वडास्थित बाङ्गेमुढामा नेवा समुदायले आयोजना गरेको विरोध सभामा उपस्थित भएर भाषण गरेका सायमीले महानगरपालिकाले सभ्यमाथि हमला गरे सैह्य नहुने चेतावनी दिए ।

 

नेपाल भाषामा सम्बोधन गरेका सायमीले आफूहरू काठमाडौंका जनताको आन्दोलनमा सधैँ साथमै रहने बताए । उनले बालेनको नाम त लिएनन् तर महानगरको कामकारबाहीप्रति असन्तुष्टि जनाए । विरोध सभालाई नेवा दे दबूँ, मंका खल लगायतका संस्थाका नेताहरूले समेत सम्बोधन गरेका छ

 

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेवा: सभ्यता र संस्कृतिमाथि नै डोजर चलाएर आतंकित बनाएको भन्दै ‘कोर सिटी’का नेवार समुदायले बगावत शुरु गरेका छन् । टुकुचाको डेढ सय वर्ष पुरानो सुरुङ भत्काएपछि असन र बाङ्गेमुढामा आक्रमण गरिएको भन्दै स्थानीयले शनिवार साँझ बाङ्गेमुढा चोकमा खबरदारी सभा गर्दै महानगरपालिकाको गुण्डागर्दी बन्द गर्न माग गरेका छन् ।

 

विरोध सभालाई सम्बोधन गर्दै नेवा दे दबुका अध्यक्ष पवित्र बज्राचार्य, रमेश श्रेष्ठलगायतले मेयर बालेनमा विजय उन्माद बढेको भन्दै नेवा: समुदायले सबै खाले अन्यायविरुद्ध लड्नु परेमा कहिल्यै पराजित नभएको बताए । उनीहरूले नेवा: समुदायमाथिको दमनको प्रतिरोध हुने बताए ।

 

बाङ्गेमुढाको त्वाःछेँ भवन (सामुदायिक भवन) महानगरपालिकाले शुक्रवार डोजर लगाएर भत्काएपछि यहाँका स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरूको आन्दोलनमा सुमन सायमी लगायतले पनि समर्थन जनाएका छन् ।

 

वडा भवन बनाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै महानगरपालिकाले जबरजस्ती भत्काइदिएको विरोधमा बाङ्गेमुढाका स्थानीय बासिन्दाबाट खबरदारी सभा आयोजना गरिएको भाषा अभियन्ता विराजकाजी राजोपाध्यायले बताए ।

 

उनका अनुसार ४५ वर्षअघि स्थानीयले बनाएको सामुदायिक भवन नभत्काउन आग्रह गर्ने ८२ वर्षका वृद्धलाई समेत प्रहरी लगाएर लछारपछार गरिएको थियो । त्यस बेला २५ नम्बर वडाका वडाध्यक्ष राजेश डंगोल पनि थिए ।न् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय