बिहिबार , चैत्र ९, २०७९

रौतहट ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् ।

गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै उनले भने, ‘अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ ।’

उनले राजा ज्ञानेन्द्रलाई दाम चढाउन गएको तथा एमालेलाई ध्वस्त पारेको भन्दै माधवकुमार नेपालको पनि चर्को आलोचना गरे ।

प्रचण्ड-माधवहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले ताजा जनादेशका निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय