मंगलबार , चैत्र ६, २०८०

काठमाडौँ – नेपाली कांग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै मौका दिएको आरोप लगाएका छन्।

 

काठमाडौंस्थित एक होटलमा बिहीवार कांग्रेसको डा. शेखर कोइराला पक्षद्वारा आयोजित चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यसो भनेका हुन्।

 

उनले यसरी पार्टीभित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताए। पाण्डेले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए विद्रोहको विकल्प नभएको बताए।

 

उनले पार्टीभित्रै निरंकुश र सामन्ती व्यवहार भएकाले आफूहरुले विरोध गर्नुपरेको बताए। पाण्डेले संस्थापन पक्षले नेकपा माओवादी लगायतका गठबन्धनका दलहरुसँग मिलेर पार्टीभित्रका नेताहरुलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए। उनले सट जित्न र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन हुनुले आगामी निर्वाचनमा राम्रो नतिजा नल्याउने बताएका छन्।

 

‘समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय रुपमा आफूसँग नजिक हुनेलाई, अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिइएको छ। यो गैरजिम्मेवार छ। यो पार्टीको हितमा छैन। देशको हीतमा पनि छैन। यो सूचीबाट धेरै जनप्रिय मान्छेहरु छुट्नुभएको छ। पार्टीमा योगदानको कदर, क्षमताको, लोकप्रियताको कदर हुँदैन भने विद्रोह गर्नु आवश्यक छ’, उनले भने, ‘लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक व्यवहार भइरहेको छ। निरंकुश व्यवहार भएको छ। सामन्ती व्यवहार भएको छ, त्यसकै विरोधमा हामीले खबरदारी गरिरहेका छौँ। नेकपा माओवादी लगायतका गठबन्धन दलहरुसँग मिलेर आफ्नो पार्टीभित्रका नेताहरुलाई किनारा गरी राजनीतिक हत्या गर्ने जुन प्रपञ्च हुँदैछ। सिट जित्न र सरकारमा जान मात्रै प्राविधिक गठबन्धन गरिएको छ, यसको नतिजा राम्रो आउँदैन।’

 

कांग्रेस नेताकै निष्कर्ष : एमालेलाई हराउने तागत गठबन्धनसँग छैन, देउवा नयाँ राजा बने

 

नेपाली कांग्रेसका नेता धर्म परियारले केन्द्रमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई गाली गर्नेहरुले आफ्नै पार्टीमा समावेशी टिकट वितरण गर्न नसकेको बताएका छन्।

 

काठमाडौंमा बिहीवार कांग्रेसको डा. शेखर कोइराला पक्षद्वारा आयोजित चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।

 

उनले नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझै पनि एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे। उनले टिकट वितरण समानुपातिक नभइ नेताहरु नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताए।

 

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीलाई राखेकोमा आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै पार्टीका राजा बनेको आरोप लगाए।

 

उनले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा कांग्रेस २५ सिटमा खुम्चिनसक्ने बताए। उनले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने बिरोधको विकल्प नभएको बताए।

 

‘अहिले शेरबहादुर देउवाज्यूको प्यानलमा विश्वकर्मा मात्रै आएको अवस्था छ। दुई जना पुरुष, दुई जना महिला विश्वकर्मा मात्रै रहँदा, दलितभित्र पनि समावेशी नहुँदा अहिले प्रधानमन्त्रीको क्वार्टरमा र सानेपामा छलफल चल्दा हामीजस्ताको आवाज त्यहाँ पुगेको छैन, पार्टी बिग्रिरहेको छ, भत्किएको छ’, उनले भने,

 

‘केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन गर्नुभयो, कांग्रेसको गठबन्धनको सरकार चाहियो भनेर भन्नुहुन्छ। तर केन्द्रको नीति, निर्देशन हेर्दा समानुपातिकको सिफारिस गठबन्धन हराउने षड्यन्त्र हुनुहुन्छ।

 

 

 

केन्द्रमा केपी ओलीलाई गाली गर्ने तर जिल्ला जिल्लामा गएर नेकपा एमालेलाई हराउन सक्ने तागत छ जस्तो लाग्दैन। हामीले सच्चिनुपर्छ। टिकट दिँदा समानुपातिक हुनुपर्छ।’

 

उनले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना श्रीमतीलाई समानुपातिका राखेर राम्रो सन्देश नदिएको पनि बताए। राजाको विरोध गरिरहँदा कांग्रेस भित्रै राजा त भएका होइनन्? भन्ने प्रश्न उनले गरे।

 

‘प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने, उहाँहरुको त्याग, मिहिनेत होला तर यसले राम्रो सन्देश दिँदैन’, उनले भने, ‘राजाको विरोध गरिरहँदा कांग्रेस भित्रै राजा त भएका होइनन्? कांग्रेस २५ सिटमा सिमित हुने त होइन

 

 

, त्यसकारण नेता सच्चिनुपर्छ। केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर त्यस्तो नियतका साथ उहाँहरु कुर्सीमा बस्नुहुन्छ भने त्यसको बिरोधमा उत्रिनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय