मंगलबार , चैत्र ६, २०८०

काठमाडौं : राप्रपा प्रवेश गरेपछि रवीन्द्र मिश्रले शुक्रवार काठमाडौं १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। काठमाडौंको बानेश्वर ब्याङ्क्वेटबाट पुरानै क्षेत्रमा लड्ने घोषणा गरेका मिश्रले आफ्नो एजेन्डा संवैधानिक राजतन्त्र भएको बताएका छन्।

 

शुक्रवार नै पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना सन्देश दिँदै आफू राजनीतिमा कोर्स करेक्सनको पक्षमा रहेको धारणा राखे।

 

 

यसै विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादीका नेता डा बाबुराम भट्टराईले आफ्नो प्रतिक्रिया राखेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रवीन्द्र र पूर्वराजाको क्रियाकलापलाई पश्चगामी शक्तिको संज्ञा दिएका छन्।

 

भट्टराईले इतिहासले मिल्काइसकेको संस्था फर्काउन सम्भव नहुनेसमेत बताएका छन्। ‘जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न विभिन्न रूप र रंगमा पश्चगामी शक्तिहरू सलबलाउन थाल्नु गम्भीर छ,’ बाबुरामले भनेका छन्, ‘यसबारे युवा पुस्ता बेलैमा सतर्क रहन जरूरी छ। दल र नेता खराब भए अझै राम्रो दल र नेता छान्ने/बनाउने हो तर इतिहासले मिल्काइसकेका संस्था/व्यक्ति फर्काउने हैन।’

 

‘रविन्द्र र मलाई उस्तै रहेछन् भन्नु सखर र गोबर दाँज्नु जस्तै’ -बाबुराम भट्टराई

 

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टीको केही वर्ष यता नाम फेरिएपनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरका छन् ।

 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले भने, ‘हाम्रो नाम परिवर्तन भएपनि सार एउटै छ । अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ । समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो ।’

 

साथै सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्नेकुरा उठिरहेको उल्लेख गर्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर पनि गरे । उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सखर) र गोबर झैँ भएको उल्लेख गरे ।

 

‘आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रविन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ । अब यो त गुड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ, तर कति गहिराईमा गएर हिँडेको छ

 

भन्ने कुरा हो, त्यसको आधारभुत कुरा त केही मिल्दैन ।’ उनले भने, ‘हामी अग्रगमनको कुरा गरिरहेक छौँ । समुच्चतामा समाज रुपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे, फेरि पछाडितिर घुमाई फिराई राजतन्त्र,

 

एकात्मक राज्यसत्ता, निरंकुशतातिर फर्किने अभ्यास एउटाले गरिरहेको छ । त्यसैले यो एउटै भन्न मिल्दैन, यसकारण युवा विद्यार्थीहरु सामाजिक सञ्जाल यस्ता कुराबाट मुक्त हुनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय