काठमाण्डौ

 

अवैध रुपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ ।

 

 

 

९ वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूलाठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ ।‘उक्त शीर्षकको करस्वरुप कामपाले ५० करोड रुपैयाँ बक्यौता असुल गर्नुपर्नेछ ।

 

 

’कामपाको राजस्व विभाग प्रमुख डा. विश्वरराज अधिकारीले भने, ‘७० करोड रुपैयाँ रकम असुल गनुपर्ने थियो, गत वर्ष २० करोड रुपैयाँ असुल गरियो ।

 

अब ५० करोड रुपैयाँ बाँकी छ, यो वर्ष कुनैपनि हालतमा उक्त रकम उठाएर छोड्ने कामपाको तयारी छ ।

 

विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय