बुधबार , बैसाख १२, २०८१

वरिष्ठ पत्रकार युवराज घिमिरेले राजा ज्ञानेन्द्र शाहले गद्दीमा फर्किने बताएको दाबी गरेका छन्। घिमिरेले राजाले बडा दशैँको अवसरमा दिएको सन्देशलाई आफू फर्किन लागेको जनाउ दिएर जनसमर्थन खोजेको रुपमा बुझ्नु पर्ने बताएका हुन्।

 

घिमिरेले आफू प्रधानसम्पादक रहेको देशसञ्चार अनलाइनमा लामो लेख लेख्दै भनेका छन्. ‘लामो समयसम्म पूर्व राष्ट्रध्यक्षको हैसियतमा देखिँदै आए पनि राजनीतिक सक्रियता देखाउन हिचकिचाइरहेका ज्ञानेन्द्र शाहले शुक्रबार स्पष्ट रुपमा अभिभावककीय भूमिकामा आउन जनताको समर्थन खोजेका छन्। नागरिकता विधेयक स्थानियहरुलाई बाह्यव्यक्तिहरुद्वारा विस्थापित गर्ने खालका रुपमा आएको संकेत पनि उनले गरेका छन्।’

 

राजाले स्पष्ट रुपमा जनसमर्थन खोजेकाले उनले लिन लागेको कदमको लागि जनताको साथ र देवी भवानीको आशीर्वाद खोजेको घिमिरेको विश्लेषण छ। उनले लेखेका छन्, ‘आभिभावकीय राज्य व्यवस्थाको पक्षमा जन सहयोग र नवदुर्गा भवानीको आर्शीवाद उनले खोजेका छन्। वास्तवमा उनले आफ्नो आठ मिनेटको सम्बोधनमा त्यो सबै भनेका छन् जसले नेपाली जनताको यथार्थ छटपटीलाई प्रतिनिधित्व गर्दछ तर जुन कुरा २०६३ यताका कुनै पनि नेताले बोल्ने साहास गर्दैनन्।’

 

घिमिरेले नेताहरुको असफलताको अपजस राजसंस्था भएको भन्ने किसिमका भाष्यमा अब जनता नलाग्ने पनि दाबी गरे। ‘नेपालको राजनीति र समाजको अध्ययनमा वौद्धिक समूहले एक पक्षीयता नदेखाई सही मार्ग देखाउन र २०६३ यताका परचालित र परिचालित शक्तिलाई समीक्षा र सुधारका लागि दवाव दिएमा मुलुकको राजनीति ट्रयाकमा आउन सक्छ।

 

तर, असफल शक्ति या दलहरुको असफलताको अप्रत्यक्ष बचाउको नियतबाट राजसंस्थाको आलोचना अब असान्दर्भिक बनेको छ,’ उनले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय