बुधबार , बैसाख १२, २०८१

आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि टिकट वितरण सुरु हुन लाग्दा सत्तारुढ दल नेपाली कांग्रेस भित्र टिकटको लागि मोलमोलाई सुरु भएको बुझिएको छ।

 

केही निर्वाचन यता कांग्रेस भित्र टिकट पाउनको लागि अस्वाभाविक प्रतिष्पर्धा हुने गरेको हो।

 

एक आकांक्षीका अनुसार अहिले प्रतिनिधिसभातर्फ टिकट लड्न चाहनेले शीर्ष नेताहरुलाई पीए मार्फत रकम बुझाउने गरेका छन्। नाम नखुलाउने सर्तमा ती आकांक्षीले भने, ‘पाँच(करोड)सम्म मिले हुन्थ्यो।

 

धेरै माग्नको लागि त्यति त सांसद भएपछि भत्ताबाटै उठ्छ भन्ने रहेछन्। एक जनालाई मात्र होइन, पीए देखि सबैलाई बुझाउनु पर्ने। हाम्रो टिम अर्को टिम भन्ने हुँदैन रहेछ। सबैलाई मिलाउनु पर्ने।’

 

टिकट वितरणमा अस्वाभाविक प्रतिष्पर्धा र आर्थिक चलखेलले गर्दा कांग्रेस भित्र जित्नेले भन्दा पनि किन्न सक्नेले टिकट पाउने गरेको नेताहरु नै बताउँछन्। जसले गर्दा काँग्रेसको जनमत र चुनावी परिणाम खस्कदै गइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय