शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू रातीराती लुकेर ज्ञानेन्द्रको दर्शनभेट गर्ने ब्यक्ति नभएको भन्दै पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाललाई कडा जवाफ दिनुभएको छ ।

पेशागत बिशेष जिल्ला कमिटीले आज काठमाडौंमा आयोजना गरको बृहत कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले आफू प्रचण्ड र माधव जस्तो रातीराती ज्ञानेन्द्रको दर्शनभेटमा

जाने र दिउँसो दिउँसो आन्दोलन गरेर जनतालाई बेवकुफ बनाउने काम आफूबाट कहिल्यै नहुने बताउनु भयो । ‘म लुकेर, रातीराती ज्ञानेन्द्र कहाँ गएर रक्सी खाँदै गणतन्त्रबिरुद्ध षडयन्त्र गर्ने मेरो बानी छैन ।

जे गर्छु परदर्सी हिसावले गर्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, प्रचण्ड समूहलाई यर्थाथ कुरा गर्न नआउँने तर आफूहरुले पारदर्शी कुरा गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘उहाँहरु जस्तो राति राति लुकेर ज्ञानेन्द्र शाहकोमा रक्सी खाने र दिउँसो आन्दोलन गर्ने हाम्रो बानी छैन, हामी पारदर्शी छौं ।’

उहाँले जनआन्दोलनको बेला नेपाली कांग्रेसले संबैधानिक राजतन्त्र आफ्नो बिधानमा राखिराखेकोले त्यो नहटाउँदासम्म गणतन्त्रको नारा लगाउनु बयल गाढा चढेर अमेरिका जानु जस्तै भएको

बताएको तर राजतन्त्रसँग साँठगाँठ गरेर अन्तिमसम्म आन्दोलन तुहाएर जनतालाई धोका दिन चाहने प्रचण्ड–माधव समुहले अहिले त्यसैलाई उल्टो ब्याख्या गरेको तथ्य पनि राख्नुभयो ।

‘हामीले गणतन्त्रको नारालगाइसकेका थियौं, तर कांग्रेसले बिधानमा संबैधानिक राजतन्त्र कायमै राखेको थियो, कांग्रेससँगै मिलेर संयुक्त आन्दोलन गर्ने तर कांग्रेसको बिधानमा संबैधानिक राजतन्त्र रहने भनेपछि कसरी गणतन्त्र आउँछ,

गणतन्त्रको लागि कांग्रेसले बिधानबाट संबैधानिक राजतन्त्र हटावस, नत्र बयलगाढा चढेर अमेरिका पुगिन्छ भनेजस्तै हो भनेको थिए, पछि कांग्रेस पनि गणतन्त्रमा सहमत भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीमा कामै गर्न नदिइएका कारण विघटन गरिएको कुरा जनतालाई बुझाउन चुनावमा जान लागिएको बताउनुभयो । ‘कसरी काम गर्न दिइएन भन्ने जनताले बुझेका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आन्दोलन नभइ आन्दोलनका रुपमा निर्वाचन अगाडि आएको पनि उहाँले बताउनुभयो ।

प्रचण्ड समूहलाई लक्षित गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘रत्नपार्कमा आठ दश हजार मानिस देखेपछि उहाँहरुका खुट्टा भुँइमा छैनन, उहाँहरुले देशभरीबाट जम्मा गर्नुभएको छ, त्यसैले हाम्रो भन्दा केही धेरै छ ।’

‘अबको चुनावले लोकतान्त्रिक आन्दोलन सफल र बलियो बनाउनुपर्छ, संविधान बलियो बनाउनेगरी काम गर्नुपर्छ, जनताका अधिकारको रक्षा गर्न सक्नुपर्छ, हामीले तय गरेको समृद्धिको बाटो सुनिश्चता गर्नुपर्छ,’

तोकिएकै समयमा चुनाव हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । बाह्य शक्तिको इशारामा देशमा अस्थिरता गराउन खोज्ने शक्तिलाई परास्त गर्नुपर्ने तथ्य पनि प्रधानमन्त्री आलीले सुनाउनु भयो ।

एक दुईवटा जुलुस देखाउँदैमा यसो उसो गर्यौ भनेर धाक नदेखाउन सचेत गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘आम सभा कस्तो हुन्छ ?

२३ गते हेर्नुहोला जनप्रदर्शन केलाई भन्छन् त्यही दिन हेर्नुहोला, साँच्चैको जनसभा २३ गते हुन्छ, उहाँहरुलाई आजको भोलिनै देखाउन सक्थ्यौं तर व्यस्त भयौँ ।’

प्रचण्ड समूहको आक्रोश सरकारका सपनामाथि भएको पनि उहाँले बताउनुभयो । केपी ओलीलाई निमोठ्न सकियो भनेर अरुलाई निमोठ्न सजिलो हुने प्रचण्ड समूहको सपना पूरा हुन नदिइने बताउनुभयो ।

‘म बाहेक यहाँ धेरै हुनुहुन्छ, तरपनि उहाँहरुलाई लाग्छ केपी ओलीलाई निमोठ्यो भने अरुलाई पनि निमोठ्न सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय