शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं:

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाका प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा विरोध सभा आयोजना गर्‍यो।

रत्नपार्कस्थित सडकमा विरोधसभा आयोजना गरिएको थियो।

विरोध सभाअघि प्रचण्ड-माधव समूहका नेता कार्यकर्ताहरु राजधानीका विभिन्‍न ठाउँमा जम्मा भएर जुलुससहित सभास्थल आएका थिए।

प्रतिनिधिसभा विरुद्धको आन्दोलनको संयोजक प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई तोकिएको थियो। शुक्रबारको सभामा नारायणकाजीको अनुहार हेर्दा उनी मुड अफजस्तो देखिन्थे।

त्यसको कारण थियो विरोधसभा अघि जुलुसलाई खुलामञ्च-टुँडिखेल वरिपरि नघुमाइनु।

दाहाल नेपाल समूहको कार्यक्रम तालिकामा भने सबै क्षेत्रबाट जुलुस आएपछि एक पटक घुमाएर रत्नपार्क आउने उल्लेख थियो। त्यही अनुसार नारायणकाजी जुलुसलाई घुमाएर मात्रै कार्यक्रमस्थलमा ल्याउन चाहन्थे।

तर अध्यक्ष पुष्पकमल दाहालसहितले भीड बढी भएकाले नघुमाउने भनेपछि उनी फायर भए। पूर्वनिर्धारित कार्यक्रम अनुसार जुलुस नघुमाइएपछि रिसाएका उनलाई फकाउन नेताहरुलाई हम्मेहम्मे पर्यो।

नारायणकाजीलाई फकाउन स्वयम् प्रचण्ड, पम्फा भुसाल, लीलामणि पोखरेल र रामप्रसाद सापकोटासहितका नेताहरु जुटे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय