बिहिबार , चैत्र १५, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं

 

 

१ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको प्रष्ट पारे ।अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्न, मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने

 

 

, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे । उनले मुलुकको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

 

अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई आग्रह गरे । उनले आगामी निर्वाचनमा पहिलोपटक मतदान गर्ने विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह गरे । आगामी मङ्सिर ४ गते हुने निर्वाचनबाट मुलुकको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।

 

अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेललगायतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे ।

 

दिन गनेर सकिदै एकिकृत समाजवादी, सुदूरपश्चिम प्रदेश सांसद तारा लामा तामाङ र कुलविर चौधरी एमालेमा फिर्ता

नेकपा एकीकृत समाजवादीका दुई जना सांसद नेकपा एमालेमा फिर्ता भएका छन्। फिर्ता हुनेमा कुलवीर चौधरी र तारा लामा तामाङ रहेका छन्।

 

बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्। बुधबार बिहानै ओली कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधनका लागि पुगेका थिए।

 

उनको उपस्थितिमा तामाङ र चौधरी मूल पार्टीमै फिर्ता भएका छन्। चौधरी नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम सरकारमा राज्यमन्त्रीसमेत थिए। नेकपा एमालेमा प्रवेश गर्ने भएपछि उनलाई समाजवादीले मन्त्री पदबाट बर्खास्त गरिसकेको छ। यस्तै तारा लामा तामाङ पनि प्रदेश सांसद हुन्।

 

ही सवालजवाफ नै भएको थियो ।अन्ततः समाजवादी पार्टीले पहिलो चरणमा मन्त्री भएका सबै मन्त्री फिर्ता गरेर हाल नयाँ मन्त्रीहरू मेटमणि चौधरी, भवानी खापुङ, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई पठाइसकेको छ ।

 

देउवाले मन्त्री आलेलाई आफ्नै क्याबिनेट पार्टनर बनाइराख्नुको नाभीचाहिँ कैलाली र डोटी जोडिएको छ । प्रधानन्त्री देउवालाई सकेसम्म आले साथमा हुँदा आफ्नी श्रीमती आरजु राणा देउवालाई कैलाली–५ बाट प्रतिनिधिसभाको चुनाव जित्न सहज हुने अपेक्षा थियो ।

 

कैलाली– ५ का अधिकांश मतदाता डोटीबाटै बसाइँ सरेर आएका छन् । जसका कारण आरजुलाई चुनाव जित्न आले फ्याक्टर बन्ने अनुमान देउवाको रहेको कतिपय समाजवादीका नेताहरू नै बताउँछन् ।

 

समाजवादीका एक नेताको दाबीलाई मान्ने हो भने प्रेम आलेलाई ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा आलेलाई डोटीबाट नै टिकट दिन देउवासमेत सकारात्मक छन् । डोटीमा एक मात्रै निर्वाचन क्षेत्र छ ।

 

तर, स्थानीय तहको चुनावमा दुई नगरपालिका र ७ गाउँपालिकामध्ये दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा विजयी भएको कांग्रेस आफ्नो दाबी नछोड्ने स्थानीय नेताहरू बताउँछन् ।

 

२०७४ को चुनावमा कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै आले विजयी भएका थिए । यो पटक भने आलेको जनमत कमजोर देखिएको छ । डोटीमा एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिका जित्दा एकीकृत समाजवादी शून्य छ ।

 

तर, डोटीमा बलायरले आफ्नो दाबी नछोड्ने देखिन्छ । ‘डोटीबाट प्रदेशसभाका दुवै सिट र प्रतिनिधिसभाको एक सिटमा कांग्रेस नै लड्छ,’ बलायरले भने । जनमत नै नभएको एकीकृत समाजवादीको दाबी अर्थहीन भएको उनले बताए ।

 

प्रतिनिधिसभामा सदस्यका लागि तपाईंको दाबी हो भन्ने प्रश्नमा भने बलायरले व्यक्ति गौण कुरा रहेको र कांग्रेसले नै चुनाव लड्ने दाबी गरे । उता एकीकृत समाजवादीका नेता प्रेम आले भने डोटीबाट प्रतिनिधिसभाबाट आफू गठबन्धनको साझा उम्मेदवार भएको दाबी गर्छन् ।

 

‘म ७० र ७४ को निर्वाचनमा समेत विजयी भएको सांसद हुँ । स्थानीय तहको चुनावको परिणाम हेरेर सिटको दाबी गर्ने होइन । गठबन्धन पार्टीबीच हुने सहमतिअनुसार हुने हो । म नै उम्मेदवार हुने हो, यसमा दुई मत छैन्,’ आलेले भने ।डोटीमा आफ्नो व्यक्तिगत भोट नै राम्रो रहेको आलेको दाबी छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय