बिहिबार , चैत्र १५, २०८०

भक्तपुर, असोज १४

 

नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेले जहाँ छोयो, त्यहाँ विकासको ऐतिहासिक लहर ल्याएको उल्लेख गर्नुभएको छ ।

 

आज नेकपा एमाले सूर्यविनायक नगरपालिका ९ नं वडा कमिटीद्वारा आयोजित विजयादशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा अन्तक्रिया कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली नेतृत्वको सरकारले करिव साढे तीन वर्ष नेतृत्व गर्दै भक्तपुर लगायतका देशका सबै ठाउँहरुमा विकासको फड्का मारेको उदाहरण प्रस्तुत गर्नुभयो ।

 

भक्तपुरमा विगतका कांग्रेस तथा नेपाल मजदुर किसान पार्टीले नेतृत्व गर्दा भक्तपुरको विकासमा बक्तिमुनीको अध्यारो बनाएको उल्लेख गर्दै उहाँले एमालेको नेतृत्व आएसँगै जिल्लाको विकासले कायापलट ल्याएको दावी गर्नुभयो ।

 

एमालेले शिक्षा, स्वास्थ्य, विद्युत, ढल, सडक, स्मार्ट सिटी, पुल, खानेपानी, पुनः निर्माण, सिँचाई, हवाई मार्ग, जलमार्ग, रेलमार्ग, युवा स्वरोजगार, अन्तर्राष्ट्रिय सम्बन्ध, नेपालको गुमेको भुमि फिर्ताको प्रकृया, नाकावन्दीको डटेर सामाना, कोरोनाको संकटमा जनतालाई सुरक्षाको निम्ती खोप तथा त्यसको व्यवस्थापनलगायतका असंख्य कामहरु एमाले नेतृत्वले गरेको उल्लेख गर्दै वर्तमान गठबन्धनको सरकार आफ्न्तवाद, चरम भ्रष्टाचार, अनियमितता, राष्ट्रघातमात्र गरेर बसेको उदाहरणसहित प्रस्तुत गर्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘एमालेलाई १०० मा १०० जनताको विश्वास छ, अन्य दलहरुलाई कसैले नबुझेर मात्र समर्थन रहेको छ । नबुझेकालाई पनि बुझाउनुपर्छ । भ्रमबाट मुक्त गराउँदै आगामी निर्वाचन र त्यसपछिको नेपालको विकास र समृद्धिको आधुनिक यात्राको नेतृत्व एमालेले गर्नेछ ।

 

खोटाङका एक जनताको भन्नुभयो, ‘जहाँ एमाले आयो, त्यहाँ विकास र समृद्धिले छायो । विकासमा कायपलट भएको छ । त्यसैले ‘जहाँ एमाले, त्यहाँ जनता’ हुनुपर्छ र भएका छौं । एमालेको कारणले नै जनताको जीवनमा समृद्धि आएकोछ । कांग्रेसले विकासको सिन्को भाँच्दैन, निर्वाचनमा आश्वासन बाँढ्छ, निर्वाचित भएपछि जनताको दुःख सुखको, विकास र समृद्धि देख्न समेत पाइदैन ।’

 

एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा दलाल पक्षमा नभई राष्ट्रिय पुँजीको विकास गरी युवाहरुलाई ठगि खान हनै, रोजगारमा गरी जीवन निर्वाह गर्न अनेकौं उपायहरुको बोटा खुल्ला गरिदिएको उल्लेख गर्दै उहाँले ओली नेतृत्वको सरकारले विभिन्न प्रकारका सहुलियत व्याजदरमा ऋणको व्यवस्था गरी देशमा नै रोजगारीको वातावरण सिर्जना गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।

 

भक्तपुरमा विकास र समृद्धिको क्रान्तिकारी रुपान्तर नेपालको इतिहासमा कहिले नभएको कार्य एमालेको नेतृत्व आएसँगै भएको उल्लेख गर्दै उहाँले मुलभुत रुपमा जिल्लामा ठूला आयोजनाहरु सम्पन्न हुने प्रकृयामा चरणमा रहेको दावी गर्नुभयो । सडक, हनुमन्ते करिडोर, मनोहरा करिडोर, रंगशाला, कर्वोर्ड हल, स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनिक वीर अस्पताल, क्यान्सर अस्पताल लगायतका जिल्लामा भएका महत्वपूर्ण आयोजनाहरुमा कांगेसले विरोध गरी जनतामा भ्रम पारेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनपछि जिल्लामा कांग्रेसको रुख अब सदैको लागि काटिने दावी गर्नुभयो ।

 

टोल टोलका सामान्तवादहरुको अन्त्य एमालेले गरिव पिडितहरुलाई समेटेर गाउँगाउँमा सहरकारी, घर घरमा रोजगारीको व्यवस्था गरी गरिव जनताले अपमानित हुनुपर्ने अवस्थाको जरा काट्न सफल भएको उहाँले दावी गर्नुभयो ।

 

कांग्रेसका ज्यादतीहरुको बारेमा बोल्दा एमालेका धेरै नेता तथा कार्यकर्ताहरुले मुद्धा व्यहोर्नु परेको स्मरण गर्दै नेता बस्नेतले लाउडा प्रकरण, कांग्रेसका विभिन्न नेताहरुले गरेका भ्रष्टाचारको विषयमा बोल्दा मुद्धा परेको भन्दै कांग्रेस अझै पनि निरंकुशताको पथमा रहेको भन्दै आक्रोस गर्नुभयो ।

 

राजनीतिक दलहरु ठिक वा बेठिक भनेर छुट्याउने समय निर्वाचन भएको उल्लेख गर्दै उहाँले दलहका प्रतिवद्धताहरु विगतका व्यवहारबाट मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । एमाले दलित, महिला, जनजाती, मुस्लीम, पछिपरेका समुदायलगायतका पक्षमा रहेको रहेको दावी गर्दै स्थानीय तहमा ४० प्र्रतिशत तथा प्र्रतिनिधिसभा र प्रदेश सभामा ३३ प्रतिशत सहभागिताको शुनिश्चितता गराउने एमाले मात्र भएको बताउनुभयो ।

 

आचार संहितालाई लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा पार्टीको बैठक, गठबन्धनको बैठक तथा पार्टी प्रवेश गराई रहेको आक्रोस जनाउँदै उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे जनयुद्धलाई प्रधानमन्त्री शेरबहादुर देउवाको टाङमुनी पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सानो माकुराले ठूलो भएपछि आफुलाई संरक्षण गर्ने माकुरालाई नै खान्छ ।

 

त्यस्तै गठबन्धनका दलहरुले आफैलाई परमादेश जारी गराई सरकार बनाई दिएका प्रधानन्यायाधिस चोलेन्द्र शमसेर

 

त्यस्तै गठबन्धनका दलहरुले आफैलाई परमादेश जारी गराई सरकार बनाई दिएका प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाए । तीन महिनाभित्रमा उक्त प्रस्तावलाई निष्कर्षमा पुर्याउनुपर्ने तर संसदको कार्यकाल सम्पन्न हुँदा समेत महाअभियोग प्रस्तावलाई निष्कर्षमा नपुर्याई न्यायापालिकालाई आफ्नो भातृ संगठन जस्तो बनाएका छन् । प्रधानन्यायाधिस जबरा सर्वोच्च जान्छन् भनेर नजरवन्दमा राखेका छन् ।

 

मान्छे मरिसक्यो तर उसलाई लागेको रोग चाहि बाचिरहेको छ । संसारमा यस्तो कही हुन्छ ? गठबन्धनसँग असहमत भएका व्यक्तिलाई गठबन्धनले अहिले पनि पञ्चायतकालिन जस्तो नजरवन्दमा राख्ने गरेको छ ।

 

प्रचण्डको १० वर्षे क्रान्ति अहिले देउवाको टाङँ मुनी पसेको छ । कांग्रेसले ३०÷३५ वटा सांसद र मन्त्री खानलाई उनको १० वर्षे जनयुद्धलाई समाप्त गरेका छन् । उनको क्रान्तिकारी छवि समाप्त भएको छ । माधव नेपाल कम्युनिष्ट आन्दोलनको धरोहर नभई कम्युनिष्ट आन्दोलनमा भ्रम फिँजाउँदै नेपालको कम्युनिष्ट आन्दोलनलाई विदेशीको सामु तथा देउवाको सामु बुझाए ।’

 

कार्यक्रममा एमाले बागमती प्रदेशका सदस्य शसी जं थापा, समाजसेवी तथा एमाले जिल्ला नेता किरण थापा, राजेन्द्र राजथला लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय