शुक्रबार , बैसाख ७, २०८१

माओवादी प्रवेश गर्नेको लर्को, एक महिनामै एक लाख कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

१० असोज, काठमाडौं

 

संघीय निर्वाचनको नजिकिदै जाँदा चितवनमा माओवादी प्रवेश गर्नेको लर्को लागेको छ । आइतबार जिल्लास्थित पार्टी कार्यालय कृष्णपुरमा ७ सय जनाले विभिन्न दल त्यागेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नव प्रवेशीहरुलाई खादाँ लगाएर पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको ध्ये जनताको अवस्था बदल्ने रहेको बताए ।

 

प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने बताए ।प्रचण्डले भने, ‘निकै ठुलो त्याग तपस्यापछि व्यवस्था बदलियो। अब जनताको मन छुने गरी अवस्था बदल्न लाग्नेछु। व्यवस्था बदलियो जनताको अवस्था बदल्ने हाम्रो प्रतिवद्धता छ। ’

 

विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने बताए । ‘चितवन र चितवनमार्फत् सिंगै देशमा विकासको गति दिइने छ । उत्पीडित वर्ग जाति र समुदायलाई समृद्धिको नयाँ उचाइमा लैजाने सोच छ।’

 

उनले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत तथा धन्यवाद व्यक्त पनि गरे । कार्यक्रममा चितवनका स्थापित ब्यवसायी तथा उद्यमी विजय घले नेकपा एमाले परित्याग गरी ३ सय कार्यकतासहित माओवादी प्रवेश गरे ।

 

यस्तै माओवादी नेता दानबहादुर गुरुङको पहलमा भरतपुर १८ का आमा समुहसहित २ सय कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेको पार्टीका चितवन जिल्ला सचिव द्रोणबाबु शिवाकोटीले जानकारी दिए।

 

यस्तै भरतपुर १६ बाट मुस्लिम समुदायको धर्मगुरुको नेतृत्वमा माओवादी केन्द्र प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नायरायण दाहाल, पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, रेनु दाहाल, ज्ञानु बस्नेत, केन्द्रीय सदस्य ईश्वरी भट्टराई, ठाकुर ढकाल लगायतको उपस्थिति रहेको थियो ।

 

खुमलटारस्थित स्रोतले बताय अनुसार पछिल्लो एक महिनामा मात्रै एक लाख बढी कार्यकर्ता माओबादी केन्द्र प्रवेश गरेको छन् |उनिहारी नेकपा एमाले लगायत सत्ता गठबन्दन दलका कार्यकर्ताहरु रहेको छन् |

 

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र भएको छ : प्रचण्ड

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् ।

 

प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भएको बताएका हुन् ।

 

‘अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला ? यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन् ,’ उनले भने ।

 

प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले ठाउँको उठाउने खतरा भइराख्ने भन्दै उनले प्रत्यक ठूला क्रान्ति र परिवर्तन उल्ट्याउने प्रयत्न र षडयन्त्र हुने बताए ।

 

तर, नेपालमा मात्रै नभई संसारभरि त्यस्तै हुने प्रचण्डले बताए । ‘ कहिलेकाँही त षडयन्त्र पहिले सोचेभन्दा कयौं गुणा ठूलो भएर पनि आउने गर्दछ । संसारभरि त्यस्तै छ नेपाल त्यसको अपवाद छैन,’ उनले थपे ।

 

परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको उनको भनाइ छ । सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले पनि भ्रमिच सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने गर्ने सम्भावना रहेको प्रचण्डले बताए ।

 

यसै सन्दर्भमा उनले अब जनताले फैसला गर्ने दिन आएको बताए । गत स्थानीय तह निर्वाचन संघीयता र गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता भएको बेला जनताले फैसला गरेको उल्लेख गर्दै उनल मंसिर ४ मा पनि नतिजा पक्षमा आउने बताए ।

 

माओवादी इमान्दार हुन्छन् तर बिकाउ माल होइनन् : शर्मा

 

नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्माले माओवादी बिकाउ माल नभई इमान्दार र स्वाभिमानी भएको बताएकी छन् ।

 

नेकपा माओवादी केन्द्र दाङ २(१)को प्रशिक्षण भेलालाई आइतबार सम्बोधन गर्दै शर्माले माओवादीको स्वाभिमानलाई कायम राख्दै आगामी निर्वाचन जित्ने गरी तयारी गर्नुपर्ने बताइन् ।

 

माओवादीहरु इमान्दार भएकाले नै कतिपय राजनीतिक दलहरुले आफूतिर तान्न खोजेको बताउँदै माओवादी बिकाउ माल होइन भन्ने स्थापित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘माओवादी इमान्दार हुन्छन् तर माओवादी स्वाभिमानी पनि छन् ।’

 

माओवादीहरुलाई सबैभन्दा सस्तो माल जसरी व्यवहार गर्न खोज्नेहरुलाई आगामी निर्वाचनमा परास्त गर्नुपर्ने उनले बताइन् । माओवादीहरुको कार्यशैली, जनतामा जाने शैली र दुःख गर्ने शैलीबाट नै प्रतिस्पर्धीहरुलाई परास्त गर्न सकिने उनको भनाइ छ ।

 

‘लोकतन्त्रको सवालमा एमालेभन्दा कांग्रेस इमान्दार देखियो’

 

कार्यक्रममा उनले लोकतन्त्रको सवालमा एमालेभन्दा कांग्रेस इमान्दार देखिएकाले पाँच दलीय गठबन्धन गरेर अघि बढेको बताइन् ।

 

उनले भनिन्, ‘हामीले निकै ठूलो सपनाका साथ एमालेसँग एकता गरेका थियौं तर एमालेको नेतृत्वले हाम्रो बलमा बहुमत प्राप्त गरेर हामीले ल्याएका अधिकारमाथि हमला गर्न थालेपछि एकता भंग भयो । यसबीचमा एमालेभन्दा लोकतन्त्रको सवालमा कांग्रेस नै इमान्दार देखियो ।’

 

कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर देशलाई अग्रगमनको बाटोमा अघि बढाएको भन्दै उनले अहिले त्यसकै जगमा टेकेर परिवर्तनलाई संस्थागत गर्न कांग्रेससँग सहकार्य गरेको बताइन् । व्यवस्था बचाउन र व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन आवश्यक परेको उनको भनाइ छ ।

 

अहिले को सांसद बन्ने, को मन्त्री बन्ने र कसले जित्ने वा हार्नेभन्दा पनि संविधान र लोकतन्त्र बचाउने मुख्य सवाल भएकाले कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनमार्फत आफूहरु अघि बढिरहेको शर्माले बताइन् । आगामी चुनाव पनि लोकतन्त्र रक्षाकै आधारस्तम्भ रहेको उल्लेख गर्दै उनले त्यसमा सबै लोकतान्त्रिक गणतन्त्र पक्षहरु एक हुनुपर्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय