नेकपा एमालेका नेता भिम रावललाई अध्यक्ष केपी शर्मा आलीले प्रतिनिधिसभा निर्वाचनको टिकट नदिने मनस्थिति बनाएको बुझिएको छ।

 

मंगलबार ओली निवास बालकोट पुगेका लेखराज भट्ट, यज्ञबहादुर बोगटी, कर्ण थापासहितको टोलीलाई अध्यक्ष ओलीले नेता रावल कसरी अछाम १ बाट एकल सिफारिसमा परे भन्दै चासो राखेका थिए ।

 

अहिलेसम्म आफ्नो सम्पर्कमा नआएका नेता रावललाई एकल सिफारिस गरेर पठाएको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए । नेता रावलसंग अध्य्रक्ष ओली अहिले त्यति खुसी नभएको बालकोट स्रोतका अनुसार जनाएको छ ।

 

प्रतिनिधिसभा बैठकमा आफूखुसी बोल्ने, पार्टी नेतृत्वलाई नभेट्ने, संवाद र छलफल नगर्ने गरेपछि नेता रावलसंग ओली त्यति खुशी नभएको देखिन्छ। गत वर्ष सम्पन्न भएको महाधिवेशनमा अध्यक्षमा नेता रावल आफूसँग टक्कर लिएको भन्दै ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा रावललाई टिकट नदिने मनस्थिति बनाएको बुझिएको छ ।

ओलीले सधैं रावललाई मात्र टिकट दिँदा असन्तुष्टि बढेको भन्दै अहिले अरु नै नेतालाई अगाडि सार्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय