शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं:

प्रचण्ड-नेपाल समूहको नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेकपाको सदस्यसमेत बन्न लायक नभएको बताएका छन्।

आफूपक्षीय समूहको बिहिबार सुर्खेतमा भएको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको निर्देशिका नमानेकोले केपी ओली पार्टी सदस्यसमेत बन्न लायक नभएको प्रतिक्रिया दिएका हुन्।

‘जो व्यक्ति पार्टीको निर्देशिका मान्दैनन्, पार्टीको बैठक भन्ने वित्तिकै उसको निधारबाट पसिना बग्छ।

त्यस्तो व्यक्ति यो पार्टीको अध्यक्ष बन्न लायक कसरी हुन्छ?,’ नेपालले प्रश्न गरे , ‘जुन मान्छेले पार्टीलाई टेर्दैन, त्यस्तो मान्छे कार्यकर्ता बन्नसमेत लायक हुँदैन।’

नेता नेपालले केपी ओलीले गरेको प्रतिगामी कदमको विरोध गर्न समेत कार्यकर्तालाई आह्वान गरेका छन्। संविधानको अवमूल्यन गर्दै चालिएको कदमले देशलाई गलत मोडमा लिने भन्दै उनले विरोध गर्न आह्वान गरे।

अध्यक्ष नेपालले ओलीले आफ्नो निजी स्वार्थ पूरा गर्न संसद विघटन गरेको आरोप लगाए। ‘केपी ओलीले मुलुक परिवर्तन गर्लान् भन्ने आशा थियो, नेकपाको शीर ठाडो पार्छन् भन्ने ठानेका थियौं,’ उनले भने,

‘तर नितान्त आफ्नो स्वार्थका निमित्त पार्टीका नेताप्रति बदलाको भावना राखेर सिंगो मुलुकलाई ठूलो संकटमा पुर्‍याउन प्रतिनिधि सभा विघटन गरेका छन्।’

नेपालले ओलीलाई नेकपा एमाले बनाउने श्रेय कतिपयले दिनु गलत भएको समेत बताए। ‘अहिले चर्चा चलिरहेको छ, माधव नेपाल प्रचण्डको कार्यकर्ता हुन पुगे भनेर।

पूर्वएमाले एक हुनुपर्छ भनेर भन्नुुहुन्छ,’ नेपालले भने, ‘केपी ओली कहिले भए एमाले? यो पार्टी बनाउने माधव नेपाल हो कि, केपी ओली हो?’

मनमोहन अधिकारीको नेतृत्वलाई एकताबद्ध बनाउने र पार्टीलाई गणतन्त्रको लागि आन्दोलनमा उतार्न आफूले महत्वपूर्ण भूमिका खेलेको नेपालले बताए।

उनले ओलीलाई गणतन्त्रको माया नै नभएको बताए। ‘केपी ओलीलाई गणतन्त्रको कुनै पनि माया छैन, गणतन्त्रको बारेमा केपीले विरोध गरेका हुन्,’ उनले भने,

केपी ओलीले सिंगो गणतन्त्र धरापमा पारेका छन्, प्रतिगमन तत्वहरु सलबलाईरहेको बेलामा केपी ओलीको यो कदमले कसलाई फाईदा पुग्छ?’ नेता नेपालले ओलीलाई व्यक्तिवादीको रुपमा टिप्पणी गरेका छन्।

व्यक्तिवादी प्रवृत्ति भएकाले ओली कम्युनिष्ट हुन नसक्ने समेत उनले टिप्पणी गरे।

‘केपी ओलीमा सामुहिकताको भावना छैन, व्यक्तिवादी प्रवृत्ति भएको मान्छे कम्युनिष्ट हुनै सक्दैन,’ नेपालले भने, ‘मैले नै उतिबेला उनलाई प्रधानमन्त्री सिफारिस गरेको हुँ, अहिले आएर कस्तो मान्छेलाई सिफारिस गरिएछ भन्ने लागेको छ।’

नेपालले ओलीलाई सँधै बांगो भईरहेने ‘कुकुरको पुच्छर’ संज्ञा दिएका छन्।

‘केपी ओलीलाई सुधार्ने धेरै प्रयास गरियो, प्रचण्डले पनि धेरै सुधार्ने प्रयास गर्नुभयो,’ नेपालले भने, ‘तर उहाँले सक्नुभएन, उहाँले भन्दै हुनुहन्थ्यो बाङ्गो कुकुरको पुच्छरलाई सोझो बनाउन सकिन्छ कि भनेको, कुकुरको पुच्छर बांगाको बांगै।’

सेतोपाटिबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय