शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं असोज १३

 

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दसैँको टीका लगाइदिनुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति भण्डारीबाट विजया दशमीको टीका लगाउने विशिष्ट व्यक्ति र सर्वसाधारणका लागि समय निर्धारण गरेको छ

 

।असोज १९ गते (विजया दशमीको दिन) विशिष्ट व्यक्तिले टिका लगाउने समय १ घण्टा छुट्याइएको छ । यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ ।

 

इच्छुक विशिष्ट व्यक्तिहरू उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री,

 

 

प्रदेश प्रमुख, न्यायाधीशहरू, संघीय संसद्का सांसद र संवैधानिक निकायका पदाधिकारीहरूलाई १९ गते दिउँसो २ बजेदेखि ३ बजे सम्मको समय निर्धारण गरिएको छ ।

 

यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि साँझ ५ बजे सम्मको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय