
काठमाण्डौ:
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।
बिहीबार पत्र पठाएर प्रधानमन्त्री अोलीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्र नगरमा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलई साधारण सदस्यसमेत नरहने गरी हटाउने घोषणा गरेका हुन् ।
प्रचण्ड नेपाल समूहले केहीदिन अगाडि प्रधानमन्त्री अोलीलाई चिठी पठाएर स्पष्टिकरण सोधेको थियो ।
तर, प्रधानमन्त्री ओलीले जवाफ नदिएको नेता नेपालले जानकारी दिए ।
‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।
आजै चिठी लेखेर नेकपाको साधारण सदस्य समेत नरहने गरी ओलीलाई निष्काशन गर्दैछौं ।’